हारेपछि कृष्ण सिटौला ‘फायर’ !

हारेपछि कृष्ण सिटौला ‘फायर’ !


चुनाव हारेपछि कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला रुष्ट बनेका छन् ।

चुनाव हारेपछि काठमाडौं फर्कन भद्रपुर एयरपोर्टमा पत्रकारहरुले उनीसँग चुनावी प्रतिक्रिया लिन खोज्दा उनले पत्रकारहरुमाथि आक्रोस पोखेको बुझिएको छ ।

विमानस्थल पुगेका एक पत्रकारले सिटौलाको भनाई उदृत् गर्दै भने, ‘म बाटोबाटोमा प्रतिक्रिया दिने मान्छे हुँ ? भन्दै थर्काउनु भो ।, उहाँले बोल्ने मन छैन भन्दै तर्किनु भो ।’

चुनावी विजयसभाका लागि गृहजिल्ला आउँदै गरेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि सोही समयमा फर्किए पनि दुई नेताबीच भेट नभएको बुझिएको छ । तर ओली चढेर झापा पुगेको एयरलाइन्सबाटै सिटौला फर्किएको बुझिएको छ ।

हिजोमात्रै आएको परिणाममा राप्रपा महामन्त्री लिङदेनले १३ हजार ४ सय ५८ मतान्तरमा सिटौलालाई हराएका थिए । हारेपछि सिटौला निकैनै तनावमा छन् ।