वाम गठबन्धनको स्थायित्व र समृद्धिको नाराले सेयर बजार तताएन्

वाम गठबन्धनको स्थायित्व र समृद्धिको नाराले सेयर बजार तताएन्


प्रतिनिधि तथा प्रदेश सभाको निर्बाचन सम्पन्न भई मतगणनाको कार्य तिब्र वेगमा शुरु भइरहेको छ । निर्बाचनमा एमालेले अत्याधिक स्थानमा सफलता हासिल गरेको छ ।

यो जितसँगै एमालेमा खुसियाली समेत भित्रिएको छ । तर, स्थायित्व र समृद्धिको नारा दिएका वाम गठबन्धनले मुलुकका अत्याधिक स्थानमा जित हासिल गर्दा सेयर लगानीकर्ताले भने त्यसलाई पत्याउन सकेनन् ।

नयाँ संविधान कार्यान्वयनका लागि भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि पहिलोपटक खुलेको सेयर कारोबार निरासाजनक नै रह्यो । निर्वाचनमा वाम गठबन्धनले विजय हासिल गरेपछि बनाउने सरकारले कस्तो आर्थिक नीति लिने र लगानीको सुरक्षा हुने कि नहुने भन्ने दुविधामा शेयर लगानीकर्ताहरु बसेका छन् ।