साइक्लिङमा नेपाल आर्मीका खेलाडी अग्र-सफलता

साइक्लिङमा नेपाल आर्मीका खेलाडी अग्र-सफलता


छिमेकी मित्रराष्ट्र भारतको नागाल्याण्डमा हिजो सम्पन्न ‘नागाल्याण्ड माउन्टेन बाइक फेस्टिवल–२०१७’मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले क्रसकन्ट्री २५ कि.मि. साइक्लिङ प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो तीनवटै स्थान हासिल गर्न सफल भएका छन् ।

उक्त साइक्लिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका हिमाल टमाटा प्रथम, ओकेश बज्राचार्य द्धितिय र दिपक भण्डारी तृतिय भएका थिए । सो प्रतियोगितामा नेपाल, भारत तथा भुटानका गरी जम्मा ७५ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।