प्रियंका भइन् ‘सेक्सी एसियन महिला’

प्रियंका भइन् ‘सेक्सी एसियन महिला’


चर्चित बलिउड अभिनेत्री प्रियंकाले चोपडा ‘सेक्सी एसियन महिला २०१७’को उपाधि हासिल गरेकी छिन् । प्रियंकाले सेक्सी एसियन महिलाको उपाधि जितेको यो पाँचौं पटक हो । यस प्रतिस्पर्धामा बलिउडका थुप्रै अभिनेत्रीहरुको नाम चर्चामा आए पनि अन्तिम बाजी भने प्रियंकाले मारेकी हुन् ।

बलिउडसँगै हलिउडमा पनि आफ्नो कला प्रदर्शन गर्दै आएकी प्रियंका एसियाकै ‘सेक्सी वुमन’ बनेपछि उनका लागि सन् २०१७ अविष्मरणीय वर्ष बनेर रहने भएको छ ।

सेक्सी एसियन महिलाको उपाधि जितेपछि प्रसन्न मुद्रामा देखिएकी प्रियंकाले यसको क्रेडिट दर्शकको नजर भएको प्रतिक्रिया दिइन् । तमाम दर्शकप्रति आभार प्रकट गर्दै उनले यो उपाधिले आफुलाई चुनौंती पनि थपिदिएको भन्न चुकिनन् ।

विश्वका लाखौँ दर्शकको भोटको आधारमा सेक्सी महिलाको उपाधि प्रदान गरिन्छ । त्यसको लागि मिडिया कवरेज, सोशल मिडिया प्लेटफर्ममा प्राप्त गरेको चर्चालाई प्रमुख रुपमा हेरिन्छ ।

यो भन्दाअघि सन् २०१६ मा पनि प्रियंकाले सेक्सी महिलाको खिताव जितेकी थिइन् । बेलायतको इस्टर्न आई इन अखबारले प्रियंकालाई उक्त उपाधि प्रदान गरेको थियो । यही साल प्रियंकाले पिपुल्स च्वाइसको उपाधि पनि हासिल गरेकी थिइन् । यिनै सफलताले गर्दा प्रियंकाको चर्चा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चुलिएको छ ।

सेक्सी एसियन महिलाको प्रतिस्पर्धामा प्रियंकालाई अर्की बलिउड अभिनेत्री दीपिका पादुकोणले चुनौती दिएकि थिइन् । तर दीपिकाले तेश्रो स्थानमै चित्त बुझाउनु प¥यो । टेलिभिजनकी चर्चित सुन्दरी निया शर्माले दीपिकालाई पछि पार्दै दोश्रो स्थान हासिल गरिन् । निया टेलिभिजनमा सुन्दरी अभिनेत्रिको रुपमा परिचित छिन् । सुन्दरताकै कारणले निया टेलिभिजनमा निकै लोकप्रिय बन्दै गएकी पनि छिन् ।

यसरी सेक्सी एसियन महिलाको पहिलो स्थान प्रियंकाले हासिल गरे पनि दश सेक्सी महिलाहरूलाई छनोट गरिएको थियो । जसमा निया शर्मा, दीपिका पादुकोण, आलिया भट्ट, माहिरा खान, दृष्टि धामी, क्याटरिना कैफ, श्रद्धा कपुर र गौहर खान क्रमशः दुईदेखि दश स्थानमा रहेका थिए ।