चिनियाँ आकास ‘अतिक्रमण’गर्ने भारतीय चालकविहीन विमान दुर्घटनाग्रस्त

चिनियाँ आकास ‘अतिक्रमण’गर्ने भारतीय चालकविहीन विमान दुर्घटनाग्रस्त


भारतीय चालकविहीन विमानले विहीबार चिनियाँ आकाश ‘अतिक्रमण’ गरेको चीनको रक्षा मन्त्रालयले दाबी गरेको छ । उक्त विमान सिक्किम क्षेत्रमा दुर्घटनाग्रस्त भएको पनि बुझिएको छ । विमान चिनियाँ आकाशमा विनाअनुमति उडेपछि आफ्नो पक्षलाई कुटनीतिक विरोध गर्न वाध्य पारिएको सम्बन्धित चिनियाँ मन्त्रालयले जनाएको छ ।

भारतीय चालकविहीन विमानले चिनियाँ अनुमतिविना आकाशमा प्रवेश गरेको छ र भर्खरै विस्पोट भएको खवर छ, वेस्टर्न थियटर कमाण्ड, लडाकू दस्ताका उपप्रमुख झाङ सुइलीलाई उद्धृत गर्दै एजेन्सीहरुले बताएका छन् ।

चिनियाँ सीमा सुरक्षा बलले विमानको भारतीय नै भएको पहिचान तथा पुष्टि गर्नुका साथै चीनले आफ्नो क्षेत्रको आकाश अतिक्रमण गरेकोप्रति कुटनीतिक विरोध सम्वन्धित माध्यममार्फत भारतसँग पु¥याएको छ । सिक्किमको दोक्लाम क्षेत्रमा चालकविहीन विमान विस्फोट भएको चीनबाट दाबी गरिए पनि यसको भारतीय रक्षा मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।