साँझ ५ बजेदेखि पहिलो चरण निर्वाचनको मतगणना हुने

साँझ ५ बजेदेखि पहिलो चरण निर्वाचनको मतगणना हुने


कडा सुरक्षाकाबीच साँझ ५ बजेदेखि  पहिलो चरणमा सम्पन्न मतदानको मतगणना हुने भएको छ ।

मंसीर १० मा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतदान भएको र मतदान सकिएको ११ दिन पछि मतगणना गर्न लागिएको हो ।

पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा सर्वदलिय बैठक सकेर मतगणना शुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । मतपेटिकाको शिल तोडी सकेपछि शुरुमा बदर मत छुट्याईने आयोगले जनाएको छ ।

दलका प्रतिनिधीहरुले मतपत्र छुन नमिल्ने गरि मतगणनाको व्यवस्था मिलाइएको छ । दलका प्रतिनीधिहरुले नजिकबाट देख्न मिल्ने तार जाली भित्र निर्वाचन आयोगका कर्मचारीले मत गन्नेछन् ।