मापसे गर्ने निर्वाचन अधिकृत बर्खास्त

मापसे गर्ने निर्वाचन अधिकृत बर्खास्त


निर्वाचन आचारसंहिताविपरीत मादकपदार्थ सेवन गरी मतदान गराउने कार्यमा खटेको भन्दै झापामा एक मतदान अधिकृतलाई जिल्ला निर्वाचन कार्यालयले बर्खास्त गरेको छ ।

बर्खास्त हुनेमा झापा क्षेत्र नम्बर– ३ अन्तर्गत हल्दिबारी गाँउपालिकाको पाराखोपीस्थित सरस्वती आधारभूत विद्यालयमा खटाइएका मतदान अधिकृत प्रेमबहादुर लामालाई जिम्मेवारीबाट बर्खास्त गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जनाएको छ ।

आन्तरिक राजश्व कार्यालय मेचीमा कार्यरत कर्मचारी लामाले निर्वाचन आचारसंहिताविपरीत दिउँसै रक्सी खाएर कामकाजमा खटिएको जनगुनासो आएपछि लामालाई तत्काल जिम्मेवारीबाट बर्खास्त गरिएको मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीले जानकारी दिनुभयो ।

लामाको बर्खास्त पछि सहायक मतदान अधिकृत सीता गुरागाईंलाई मतदान अधिकृतको जिम्मेवारी तथा सहायक मतदान अधिकृतको स्थानमा कर्मचारी यमनाथ न्यौपानेलाई पठाइएको जनाइएको छ ।


(विर्तामोडस्थित पुरानो विजुली अफिस मतदानस्थलमा मतदानका लागि लाइनमा बसेका महिला)

– रेजिना गौतम