काठमाडौं क्षेत्र नम्बर १ : हिरो बन्ने दाउ !

काठमाडौं क्षेत्र नम्बर १ : हिरो बन्ने दाउ !


यतिबेला काठमाडौं क्षेत्र नम्बर १ लाई निकै चासोको रुपमा हेरिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि सो क्षेत्रबाट विवेकशील साझा पार्टीका तर्फबाट रवीन्द्र मिश्र र नेपाली कांग्रेसका प्रकाशमान सिहं उम्मेदवारी दिएपछि यो क्षेत्र निकै चर्चामा रहेको हो ।

को बन्ला, हिरो त्यो त परिणामले अब छिट्टै बताउला तर दुई नेताहरुले आफू हिरो बन्नेमा अझै दावी गर्न भने छाडेका छैनन् ।

आज रवीन्द्र मिश्र र प्रकाशमानबीच भेटघाट भएको थियो । सो क्रममा दुई उम्मेदवारहरुले मतदानपछि खुशी साटासाट गरे ।

सिंहले काठमाडौं क्षेत्र नम्बर ७ मा पर्ने पकनाजोलको युवक उच्च मावि मतदान केन्द्रबाट र मिश्रले भैंसीपाटीको रत्नज्योती महिला परिवारबाट मतदान गरेपछि बबरमहलमाखुशी साटासाट गरेका हुन् ।

मतदानपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सिंहले पत्रकारले मिश्रलाई चर्चामा ल्याए पनि ग्राउण्डको हिरो आफू भएको बताए ।

त्यस्तैगरी मिश्रले प्रतिद्धन्दी सिंहलाई जवाफ दिँदै स्वघोसित रुपमा कोही पनि ‘हिरो’ नहुने टिप्पणी गरे । ‘स्वघोसित रुपमा कोही पनि हिरो हुँदैन आत्म विश्वास हुनु एउटा कुरा हो,’ मिश्रले भने, ‘आफूले आफैंलाई हिरो भन्नु अर्को कुरा हो । नतिजा आएपछि जनताले जसलाई हिरो बनाउँछन् त्यो नै बास्तविक हिरो हुन्छ ।’

उनले आफूहरुको लक्ष्य पूरा हुनेमा आशावादी रहेको पनि बताए । यसरी आफू हिरो बन्नेमा दुबै उम्मेदवार विश्वस्त रहेको पाइन्छ ।