कांग्रेस र राजपाबीच सर्लाहीमा झडप

कांग्रेस र राजपाबीच सर्लाहीमा झडप


सर्लाहीमा झडप भएको छ । सर्लाहीको कौडेना गाउँपालिकाको फुलपरासी बुथमा कांग्रेस र राजपा कार्यकर्ताहरुबीच झडप भएको हो । झडपमा एक महिलासहित तीन जना घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । भोट खसाल्न लाइनमा बसेका बेला कांग्रेस कार्यकर्ताहरुले राजपा कार्यकर्ताहरुले रोक्न खोजेपछि विवाद भएको थियो ।

कांग्रेस कार्यकर्ताले राजपा कार्यकर्ता माथि आक्रमण गर्न थालेपछि प्रहरीले झडप नियन्त्रण लिनका लागि चार राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

आक्रमणबाट राजपा कार्यकर्ता सरोज कुमार यादव, मनोज कुमार यादव र रामरती देवी यादव घाइते भएका छन् । कौडेना-३ फुलपरासी निवासी रामरतीको अवस्था गम्भीर छ ।