भोट खसाल्दै देउवाले भने, ‘कांग्रेसले बहुमत ल्याउँछ ल्याउँछ…’

भोट खसाल्दै देउवाले भने, ‘कांग्रेसले बहुमत ल्याउँछ ल्याउँछ…’


कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यसपालीको चुनावमा कांग्रेसले बहुमत ल्याएरै छाड्ने दावी गरेका छन् ।प्रदेशका राजधानी छिटो तोकिने बताएका छन् ।

गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री देउवाले निर्वाचनमा नेपाली काँग्रेसले बहुमत ल्याएरै छाड्ने बताए ।

उनले भने,‘काँग्रेसले बहुमत ल्याउँछ ल्याउँछ.., अबको सरकार काँग्रेसले बनाउँछ, सम्पूर्ण समस्या समाधानको जिम्मा पनि काँग्रेसको हो ।’ देउवाले चुनाव लगत्तै प्रदेशको राजधानी छिटो तोकिने समेत बताए ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गरे ।

प्रतिनिधिसभा सदस्यको उमेदवारसमेत रहेका उनले सो मतदान केन्द्रबाट छैटौँपटक मतदान गरेका हुन्। मतदानपछि प्रधानमन्त्री देउवा काठमाडौँ फर्किएका छन् ।