आचारसंहिता पालनाका लागि प्रेस काउन्सिलको अपिल

तपाईं फेसबुक, ट्वीटर, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

निर्वाचनका समाचार सम्प्रेषण गर्दा आचारसंहिता पालनामा सजक रही सत्य, तथ्य, सन्तुलित समाचार सामग्री सम्प्रेषण गर्न प्रेस काउन्सिल नेपालले सबै पत्रकार र आम सञ्चारमाध्यमलाई अपिल गरेको छ ।

संविधान कार्यान्वयनको महत्वपूर्ण पक्षका रूपमा रहेको यो ऐतिहासिक निर्वाचन सफल बनाउन पत्रकार र आम सञ्चारमाध्यम फेरि पनि उत्तिकै जिम्मेवार, मर्यादित, उत्तरदायी र अनुशासित हुनुपर्नेमा काउन्सिलले जोड दिएको छ ।

काउन्सिलले निर्वाचन विशेष अनुगमन गरेको उल्लेख गर्दै मतदानको सम्पूर्ण आधिकारिक परिणाम सार्वजनिक नभएसम्म चलिरहने काउन्सिलका निमित्त मुख्य अधिकृत दीपक खनालद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।

मतदान प्रक्रिया पूरा भई निर्वाचनका आधिकारिक परिणाम सार्वजनिक नहुँदासम्म स्वच्छ, सन्तुलित एवं निष्पक्षरूपमा समाचार सम्प्रेषण गर्नु पत्रकार र आमसञ्चारमाध्यमको सामाजिक एवं राष्ट्रिय उत्तरदायित्व भएको काउन्सिलले स्पष्ट गरेको छ ।

गत कात्तिक २६ गतेदेखि यही मंसिर १९ गतेसम्म पहिलो र दोस्रो चरणको मौन अवधि र मौन अवधिअघिको समयमा आचारसंहिता पालना नगर्ने आमसञ्चारमाध्यमको संख्या दोहोरिएको हुँदा बढी (१५१ वटा) देखिए तापनि कूल ११६ वटा आमसञ्चारमाध्यममा ३०० वटा सामग्री आचारसंहिताविपरीत पाइएका बताइएको छ ।

आचारसंहिता पालना नगर्ने ती आम सञ्चारमाध्यमलाई ध्यानाकर्षण, सचेत, निर्देशन तथा स्पष्टीकरण मागसहित आचारसंहिता पालनामा सजग रहन पत्राचार गरिसकिएको पनि काउन्सिलले प्रष्ट्याएको छ ।



तपाईं फेसबुक, ट्वीटर, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया


Loading...



1 Shares
Share1
Tweet
+1
Share