झापामा १५९ वटा मतदान केन्द्र

झापामा १५९ वटा मतदान केन्द्र


प्रतिनिधिसभा र प्रदेशसभाको भोली हुने निर्वाचनमा झापाका ५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी क्षेत्र नम्बर ५ मा १ लाख ३७ हजार ५६१ मतदाता रहेका छन् । १ लाख ३७ हजार ५६१ मतदाताले मतदान गर्नका लागि सबैभन्दा बढी १५९ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै क्षेत्र नम्बर–२ मा १ लाख १८ हजार २०५ मतदाता रहेको क्षेत्र नम्बर–२ मा १३६ वटा मतदान केन्द्र कायम गरिएको छ भने १ लाख १४ हजार ५८८ मतदाता रहेको क्षेत्र नम्बर–३ मा १४४ मतदान केन्द्र कायम गरिएको छ ।

त्यसैगरी क्षेत्र नम्बर–४ मा १ लाख ९ हजार ४०१ मतदाता रहेका छन् भने सो क्षेत्रमा मतदान गर्नका लागि १३३ वटा केन्द्र कायम गरिएको छ ।

यसरी नै १ लाख ५ हजार ४८१ मतदाता रहेको क्षेत्र नम्बर–१ मा १२० मतदान केन्द्र कायम गरिएको कार्यालय स्रोतले जनाएको छ ।

कायम गरिएको केन्द्रमध्ये सबै भन्दा कम क्षेत्रनम्बर–३ अन्तरगत भद्रपुर नगरपालिकामा पर्ने आदर्श आधारभूत विद्यालय भैंसावाडीको एकमात्र मतदान स्थल र केन्द्रमा ३१९ जना मतदाता रहेका छन् ।

यता क्षेत्र नम्बर–२ प्रदेश १ अन्तरगत विर्तामोडस्थित देवीमाविमा मतदान स्थलमा सबैभन्दा बढी ८ वटा मतदान केन्द्रबाट मतदान गर्ने मतदाताको संख्या ८ हजार ४९ रहेको छ ।