स्क्रिन अवार्डमा ‘दंगल’को दबदबा

स्क्रिन अवार्डमा ‘दंगल’को दबदबा


बलिउडको चर्चित स्टार स्क्रिन अवार्ड २०१७ सम्पन्न भएको छ । डिसेम्बर २०१६ देखि नोभेम्बर २०१७ सम्म बलिउडमा प्रदर्शित फिल्मका हरेक पक्षलाई हेरेर यो अवार्डब प्रत्येक वर्ष बलिउडका हस्तीहरूलाई प्रदान गरिन्छ । बलिउडका नामी–दामी कलाकारहरूको उपस्थिति रहने स्क्रिन अवार्ड वर्षको पहिलो फिल्मी अवार्ड हो । स्क्रिन अवार्डमा यसपटक आमिर खानको फिल्म दङ्गलले बाजी मारेको छ । दङ्गलले १२ वटा विधामा अवार्ड जितेर दबबदा कायम गरेको थियो । खेल अर्थात् कुस्तीको कथामा आधारित दङ्गल सन् २०१७ को बलिउडको सर्वाधिक सफल फिल्म हो ।

त्यस्तै हालै प्रदर्शन भएको हुई तुम्हारी सुलुले तीन र बरेलीकी बर्फीले दुई विधामा अवार्ड जितेका थिए । सलमान खान, शाहरुख खान र अक्षयकुमारका फिल्म उपाधिका लागि नोमिनेसन भए पनि अवार्ड जित्न असफल भएका थिए । यसरी पहिलोपटक हेविवेटलाई पन्छाउँदै अन्य कलाकारले अवार्ड जित्न सफल भएका थिए ।

यसपटक वेस्ट अभिनेता र अभिनेत्री (क्रिटिक्स) पुरुषतर्फ राजकुमार राव र महिलातर्फ विद्या बालनले बाजी मारेका छन् । रावले न्युटन र विद्याले तुम्हारी सुलु फिल्मबाट यो अवार्ड जितेका हुन् । त्यस्तै, न्युटनका निर्देशक नितेश तिवारीले बेस्ट डाइरेक्टरको अवार्ड जितेका थिए । यसैगरी बेस्ट डेब्यु डाइरेक्टरको अवार्ड सुरेश त्रिवेणीले हात पारेका थिए । त्रिवेणीलाई तुम्हारी सुलु फिल्मबाट यो अवार्ड प्रदान गरिएको हो ।

यसैगरी बेस्ट अभिनेता र अभिनेत्री (पपुलर)तर्फ इरफान खान र कोंकणा सेनले अवार्ड जितेका थिए । इरफानले हिन्दी मिडियम र कोंकणाले अन्डर माई बुरखा फिल्मबाट उपाधि जित्न सफल भएका हुन् । त्यस्तै बेस्ट डेब्युको अवार्ड फिल्म दङ्गलबाट अपारशक्ति खुराना र बेस्ट सपोटिङ एक्टरको अवार्ड बरेलीकी बर्फीबाट राजकुमार रावले जितेका छन् । यसैगरी तुम्हारी सुलुबाट बेस्ट अभिनेत्रीको अवार्ड नेहा धुपियाले जितेकी छिन् ।

बेस्ट डाइगलको अवार्ड बरेलीका बर्फीबाट नीतीश तिवारीले जितेका थिए भने फिल्म दङ्गलबाट बेस्ट म्युजिक र ब्याकग्राउन्ड स्कोरको अवार्ड प्रितमले जितेका थिए । त्यस्तै प्लेब्याग सिंगर पुरुषतर्फ अरिजित सिंह जालिमा र महिलातर्फ साशा तिरुपतिले सावधानफिल्मबाट अवार्ड जितेका थिए । साशालाई शुभ मङ्गल गीतबाट अवार्ड प्रदान गरिएको थियो ।