हिमालयन बिल्डर्सको ३ लाख ५० हजार प्रायोजन

हिमालयन बिल्डर्सको ३ लाख ५० हजार प्रायोजन


हिमालयन बिल्डर्स एन्ड इन्जिनिएरिङ प्रा.लि. ले ११ औं एसिया प्यासिफिक भेट्रान टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुने ४ सदस्यीय नेपाली टोलीलाई ३ लाख ५० हजार रुपैयाँ प्रायोजना गरेको छ ।

हवाइ टिकट वापत उक्त रकम प्रायोजना गरिएको प्रा.लि. का म्यानेजर सुमेश प्याकुरेलले जानकारी गराएका छन ।

जापानको सिजुओकामा डिसेम्बर ७ देखि १० तारिखसम्म हुने उक्त प्रतियोगतामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुदिल शाही, राजेन्द्र कपाली, सुरेश वज्राचार्य र राजेन्द्र वज्राचार्यले प्रतिस्पर्धा गर्ने छन् । उनीहरुले ४० वर्षमाथि उमेरसमूहको सिंगल्स र टिम इभेन्टमा भाग लिने छन् ।