‘अम्बे प्रिमियम’ र ‘हाईटेक’ सिमेन्टको गुणस्तर चिन्ह खोसियो (पत्रसहित)

‘अम्बे प्रिमियम’ र ‘हाईटेक’ सिमेन्टको गुणस्तर चिन्ह खोसियो (पत्रसहित)


सरकारले दुई ठूला सिमेन्टहरुको नेपाल गुणस्तर चिन्ह खोसेको छ । गुणस्तरहिन सिमेन्ट बजारमा लगेको भन्दै सरकारले अम्बे सिमेन्टको ‘हाईटेक’ र ‘अम्बे प्रिमियम’ ब्राण्डका दुई सिमेन्टको नेपाल गुणस्तर चिन्ह खोसी खारेज गरेको हो ।

नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार जिप्सम र क्लिंकर मात्रै प्रयोग गरेर ओपिसी सिमेन्ट उत्पादन गर्नुपर्नेमा स्ल्याग मिसाएको पाइएपछि गुणस्तर चिन्ह खारेज गरिएको छ । सरकारले यी दुई सिमेन्टलाई बिक्री वितरण गर्न समेत रोक लगाएको छ ।

विभाग स्रोतले भन्यो, ‘ओपिसी सिमेन्ट बनाउँदा जिप्सम र क्लिंकर मात्रै प्रयोग गरेर बनाउनुपर्छ ।तर कम्पनीले स्ल्याग मिसाएर सिमेन्ट उत्पादन गर्दै आएको पाइएको थियो । हामीले पटकरपटक चेतावनी दिँदा पनि सुधार नगरेपछि एनएस खारेज गरेका हौं ।’

स्रोत अनुसार यी दुई ब्राण्ड अब बिक्रीका लागि योग्य हुँदैनन् । अब कम्पनीले यी दुई ब्राण्डको गुणस्तर चिन्ह लिन नयाँ प्रकृया अनुसार आउनुपर्छ । एनएस चिन्ह लिने प्रकृया तीनदेखि ६ महिनासम्म लाग्नेछ । अम्बे सिमेन्ट पर्साको उद्योग पर्सामा छ ।