भारतको एक्सिस बैंक र ग्लोबल आइएमईबीच रेमिट्यान्स कारोबार सुरु

भारतको एक्सिस बैंक र ग्लोबल आइएमईबीच रेमिट्यान्स कारोबार सुरु


भारतको एक्सिस बैंक र ग्लोबल आईएमई बैंकबीच व्यवसायिक कारोबारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि भारतस्थित एक्सिस बैंकका तीन हजारभन्दा बढि शाखामार्फत पठाएको रकम नेपालमा रहेका ग्लोबल आइएमई बैंकका एक सय आठ शाखा र इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) का ६ हजारभन्दा बढि एवम् बेष्ट रेमिटका ४ हजारभन्दा बढि एजेन्टमार्फत सजिलै रकम प्राप्त गर्न सकिने बताइएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दे आइरहेको छ । २०७४ असोज मसान्तसम्म १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप, ८८ अर्ब ७७ करोड कर्जा लगानी रहेको बैंकको हाल १०८ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ५३ शाखा रहित बैंकिङ सेवा रहेका सो बैंकले जनाएको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिंङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आएको र मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।