हाम्रै नेतृत्वमा सरकार बन्नुपर्छ -डा. बाबुराम भट्टराई

हाम्रै नेतृत्वमा सरकार बन्नुपर्छ -डा. बाबुराम भट्टराई


एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको जनविद्रोहको कार्यदिशाप्रति फरक मत राखेर आफूलाई लोकतान्त्रिक कित्तामा उभ्याउनुभएको छ । बौद्धिक जुझारु, इमानदार कम्युनिष्ट नेताको पहिचान बनाउनुभएका भट्टराइलाई आमनेपालीले ँमाओवादीलाई शान्तिपूर्ण राजनीतिमा रुपान्तरण गर्न उल्यख्य भूमिका निर्वाह गर्ने नेता’का रुपमा पनि चिन्दछन् । पछिल्लो समय पार्टीभित्र उहाँले राखेको फरकमत र त्यसबाट उत्पन्न तरङ्गको सेरोफेरोमा रहेर घटना र विचार साप्ताहिकका लागि ऋषिकुमार धमलाले गरेको कुराकानी ः
० अहिले तपाईं र प्रचण्डको सम्बन्ध कस्तो छ –
– हामीबीचको सम्बन्ध एकदमै राम्रो छ । सम्बन्ध नराम्रो हुने कारण के छ र –
० तपाईंले केन्द्रीय समितिमा जनविद्रोहको कार्यदिशाप्रति त असहमति जनाउनु भयो नि –
– यसबारेमा मैले भिन्न मत राखेको हुँ र त्यो दर्ता पनि गरिसकेको छु । अहिलेको राजनीतिक आन्दोलनमा शान्ति र संविधानको सुनिश्चितताका लागि पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । संविधानसभामार्फत नै जनताको संविधान निर्माण गर्नुपर्छ । यसबारेमा पार्टीभित्र फरक सोचको विकास भएको हुनाले पार्टी-निर्णयविरुद्ध मैले नोट अफ डिसेन्ट लेखेको हुँ । जनविद्रोहको कार्यदिशाप्रति अहिले मेरो असहमति छ ।
– पार्टीले अहिले शान्ति र संविधानलाई नै मुख्य कार्यभार मानेर अगाडि बढनुबाहेक अर्को विकल्प छैन ।
० प्रचण्डसँग तपाई मिलेर सँगै अगाडि बढ्न सक्नुहुन्छ त अब –
– किन नसक्ने – प्रचण्डजीलाई मैले जहिले पनि सहयोग गरेको छु । अहिले आएर केन्द्रीय समितिको निर्णयमा असहमति जनाए पनि म पार्टीको निर्णय मान्छु ।
० भनेपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन पनि तपाईं तयार हुनुहुन्छ –
– पार्टीले जसलाई प्रधानमन्त्रीको उमेदवार बनाउँछ म त्यसलाई सहयोग गर्न तयार छु । प्रचण्डजीलाई प्रधानमन्त्री बनाउन मैले आफ्नो ठाँउबाट सक्दो सहयोग गर्छर्ुु
० माओवादीकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने तपार्इंको धारणा हो –
– हो, एकदम हो । शान्ति र संविधानको सुनिश्चितताका लागि माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ । र, माओवादी सबैभन्दा ठूलो पार्टी भएकोले उसको नेतृत्वमा सरकार बन्दा वैज्ञानिक पनि हुन्छ र त्यो सबैका लागि स्विीकार्य पनि हुन्छ । यो नै मुलुकको तत्कालको निकास हो ।
० तर, झलनाथ खनाल वा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पार्टीभित्र लविङ चलेको छ रे नि त –
– त्यो गलत हो । हाम्रो पार्टीको अहिलेसम्मको आधिकारिक निर्णय भनेको माओवादीको नेतृत्वमै सहमतिको सरकार बनाउनुपर्छ भन्ने हो । तर हामी सहमतिको बाधक बन्दैनौँ, निकासको लागि विकल्प दिन पनि तयार छौँ । अहिले हामीले देउवा वा खनालमध्ये कसैलाई पनि प्रधानमन्त्री बनाउने निर्णय गरेका पनि छैनौँ र यसबारे छलफल पनि चलेको छैन ।
० माओवादी पार्टी अब फुट्छ भन्ने हल्ला छ नि –
– यो लोकतान्त्रिक बहसले पार्टीलाई राजनीतिक रुपमा बलियो बनाउँछ । यो त्याग र बलिदान गरेर आएको पार्टी हो । जनताप्रति हाम्रो धेरै जिम्मेवारी छ । त्यसैले यो पार्टी कसैले चाहेर फुट्न सक्दैन र हामी फुट्न पनि दिँदैनौँ ।
० फरक विचारचाहिँ कहिलेसम्म कायम राख्नुहुन्छ –
– पार्टीको महाधिवेशनसम्म फरक विचार लिएर जान्छौँ । पार्टीभित्र बहस र छलफल हुन्छ । तर, पार्टीले जे निर्णय लिन्छ त्यसलाई कार्यान्वयन गर्न कुनै कसर बाँकी राख्दिनँ ।
० तपाईंसँग भिजन छ, कार्यकर्ता छैनन् भन्छन् नि –
– त्यो गलत ब्याख्या हो । कसै-कसैले फैलाएको हल्ला हो । त्यसमा कुनै सत्यता छैन । मैले त पार्टीभित्र मेरै विचारको पक्षमा जनमत बढेको देखेको छु । पार्टीमा जहाँ र जसरी मैले भूमिका निर्वाह गरेको छु त्यसले मेरो पार्टीमा उपस्थिति के हो भन्ने कुरा प्रष्ट पारेको छ । मैले अघिसारेको विचार नै बढी वैज्ञानिक र बस्तुवादी छ भन्ने लाग्छ । यसबाट म बढी उत्साहित पनि छु, मेरो मत पार्टीभित्र सुरक्षित पनि छ ।
० तपार्इं भविष्यमा पार्टीमा सुरक्षित रहन सक्नुहोला त –
– किन नसक्नु – मैले जे दृष्टिकोण अगाडिसारेको छु त्यसले नै यो पार्टीलाई जीवन्तता दिन सक्छ । सबैले यही विचारलाई अगाडि बढाउनुबाहेक अर्को विकल्प हुन सक्दैन । मेरो विचार ठिक र बेठिक भन्ने कुरा इतिहासले फैसला गर्छ ।
० त्यसोभए तपाईं पार्टीअध्यक्ष बन्ने –
– अहिले मैले त्यसबारेमा केही सोचेको छैन । त्यो कुरा भविष्यलाई छाडिदिनुस् । अहिले त्यसको बहस गर्ने बेला भएकै छैन ।
० तपाईं संसदीय दलको नेता त बन्दैहुनुहुन्छ, हो –
– त्यो पनि मलाई थाहा छैन । पार्टीले जे जिम्मेवारी दिन्छ त्यो पुरा गर्न तयार छु । तर, पार्टीमा सबैले भूमिका पाउनु पर्छ भन्ने कुरा उठेको छ । मैले संसदीय दलको नेता बन्ने विषयमा केही सोचिसकेको छैन ।

माओवादीभित्र एकअर्कालाई सिध्याउने होड चलेको छ-नीरकुमारी कुँवर दर्लामी, -सभासद्, नेकपा माओवादी)
० नेपालको राजनीति बिग्रियो भन्छन्, तपाईं मुलुकको संविधान बनाउने हैसियतमा भएको नाताले के देखिरहनुभएको छ –
– तपाईंहरूले जे देखिरहनुभएको छ मैले पनि त्यस्तै देखिरहेकी छु । अहिलेको राजनीतिक परिस्थिति निकै सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । यसबाट मुलुकलाई जोगाउन सबै सचेत भएर लाग्नु जरुरी छ । सबैले त्याग गर्नु जरुरी छ । अहिले जुन रूपमा दल र दलका नेताहरू अघि बढिरहेका छन्, यस प्रवृत्तिले निरन्तरता पाइरह्यो भने निश्चित छ कि समस्याहरू झन् बढ्दै जान्छन्, मुलुकले कहिल्यै निकास पाउन सक्दैन ।
० राजनीतिक गतिरोध हुनुमा दोष कसको छ त –
– यसमा काङ्ग्रेस र एमाले पार्टी दोषी छन् । मूल रूपमा उनीहरूकै कारण मुलुकले निकास पाउन नसकेको हो ।
० भनेपछि माओवादीचाहिँ देश बिगार्ने मामलामा चोखो छ –
– आंशिक दोष त माओवादीले पनि लिँदा हुन्छ, माओवादी पूरै अछुतो छ भन्न नमिल्ला । तर, बढी दोष एमाले र काङ्ग्रेसकै छ । उनीहरूले माओवादीलाई निषेध वा बाइकट गरेर अघि बढ्न खोजेकाले समस्या समाधान हुन नसकेको हो भन्ने मलाई लाग्छ ।
० एमाले र काङ्ग्रेसले त माओवादीकै कारण मुलुक बिग्रिएको र यसरी निर्णयविहीन भएको हो भन्छन् त –
– भन्नलाई जे पनि पाइन्छ । दोष कसको छ, आमजनताले मूल्याङ्कन गरिरहेका छन् । माओवादी अग्रगामी सोचका साथ अघिबढेको छ तर काङ्ग्रेस र एमाले पुरानै सोचमा चल्न खोजिरहेका छन्, समस्या यहीँ छ ।
० जिम्मेवार दलहरू एकले अर्कालाई दोष दिएर समस्याबाट पन्छन पाइन्छ –
– होइन, यसमा सबै नेताहरूले ठण्डा दिमागका साथ देश र जनताको हितमा सोचेर समस्या समाधान गर्ने बाटोमा लाग्नुको विकल्प छैन । दोष दिएर उम्कन पनि पाइँदैन ।
० समस्या समाधान नहुनुमा पार्टीभित्रै रहेको फरक-फरक धारहरू प्रमुख हुन् भन्नेहरू पनि छन् नि –
– मलाई त्यस्तो लाग्दैन । हरेक पार्टीमा फरक धार त भइहाल्छ तर फरक धारले मुलुकको समस्या समाधान हुन नसकेको भन्ने होइन । त्यो फरक धारले त पार्टी सङ्गठनलाई अघि बढाउने हो भन्ने मलाई लाग्छ । जहाँसम्म मुलुकको समस्याको कुरा छ, यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तत्त्वहरूको पनि भूमिका छ । समस्यालाई चर्काउने र मुुलुकमा अस्थिरता कायम होस् भन्नेहरू पनि यहीँ छन् । हामीले उनीहरूको पहिचान गर्नु जरुरी छ । र, समस्याको चुरो पत्ता लगाएर समाधानको बाटोमा लाग्नुको विकल्छ छैन ।
० समस्याको चुरो पत्ता नलागेरै समस्या समाधान हुन नसकेको हो त –
– मलाई त्यस्तो पनि लाग्दैन । समस्याको चुरो पत्ता लागेको छ तर त्यसलाई समाधान गर्न दलका नेताहरू सचेत भएर लागेका छैनन् ।
० सबैभन्दा ठूलो दल माओवादी यसमा बढी जिम्मेवार हुनुपर्ने हो नि, होइन –
– यस मुद्दामा माओवादी सचेत छ तर काङ्ग्रेस र एमालेले काम गर्न दिइरहेका छैनन् । उनीहरूले माओवादीलाई बन्धनको चङ्गुलमा फसाउन खोजिरहेका छन् । माओवादीलाई मात्र दोष दिइरहेकाले मुख्य दोषी उनीहरू नै छन्, समस्या समाधानको बाधक उनीहरू नै हुन् भन्ने मलाई लाग्छ ।
० माओवादीभित्रको तीन धारले पनि राजनीति सप्रिन दिएन भन्न मिल्दैन –
– मलाई त्यस्तो लाग्दैन । माओवादीभित्रका धारहरू पार्टीभित्रै सीमित छन्, त्यसले मुलुकको केही बिगारेको छैन ।
० पार्टीभित्रको तीन धारलाई तपाईं कसरी लिनुहुन्छ –
– तीन धार होइन, तीनैजना नेताको एउटै धार हुनुपर्छ भन्ने मान्यतामा हामी छौँ । माओवादीमा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बाबुराम भट्टराई र मोहन वैद्य पार्टीका महत्त्वपूर्ण खम्बा हुन् । ती तीनैजना नेताको माओवादीलाई खाँचो छ । मुलुकको अहिलेको स्थितिबाट पार लगाउन पनि यी तीन नेता एक हुनु जरुरी छ ।
० एक हुनु जरुरी त होला, तर माओवादीमा तीन धार त स्पष्ट देखियो नि, होइन र –
– देखिएको होइन देखाइएको हो ।
० कसले देखाएको –
– माओवादी पार्टीमा आफूलाई संस्थापन पक्ष भन्नेहरूले । यहाँ एकले अर्कोलाई सिध्याएर आफू माथि पुग्ने खेल चलेको छ । त्यही खेल हो भन्ने लाग्छ मलाई । माओवादीलाई तीनैजना नेता चाहिन्छ, यी तीन नेता फरक-फरक धारका साथ अघि बढ्न खोजे भने माओवादी पार्टी र यसका नेता इतिहासकै कलङ्कित रूपमा चिनिन्छन् भन्ने मलाई लाग्छ ।
० पार्टीमा तपाईंचाहिँ कुन पक्षमा अटाउनुभएको छ त –
– बाहिर जे भनिए पनि वास्तवमा माओवादीभित्र तीन होइन दुईवटा धार मात्र छ । त्यो भनेको मोहन वैद्य र बाबुराम भट्टराईको धार मात्र हो । अध्यक्ष प्रचण्डको धार भनेको ढुलमुले धार हो । त्यसले कुनै गति प्रदान गर्दैन । उहाँले वैद्य र बाबुरामको धारलाई टाकटुक समायोजन गरेर अघि बढ्ने प्रयत्न गरिरहेको मात्र हो जस्तो मलाई लाग्छ ।
० प्रचण्ड टाकटुक गरेरै यहाँसम्म आइपुगेका हुन् त –
– के गर्नुभयो के गर्नुभएन आफ्नै ठाउँमा होला तर अहिले पार्टीभित्र उहाँको चालढाल त यस्तै देखिएको छ ।
० वैद्य र बाबुराममध्ये एकलाई रोज्नुपर्दा तपाईं कसलाई रोज्नुहुन्छ त –
बाबुरामको लाइनलाई लिने हो भने कार्यकर्तालाई घर फर्काउने हो, अर्थात् आन्दोलनको उपलब्धिबिना नै कार्यकर्तालाई घर जाने र पुरानो पारामा चल्ने हो । प्रचण्डको त कुनै लाइन नै छैन । त्यसैले वैद्यले लिएको लाइन उत्तम छ भन्ने मलाई लाग्छ । नेपालमा फेरि क्रान्तिको खाँचो छ, नेपाली जनताले आफ्नो हकअधिकार पाइसकेका छैनन् । त्यसैले एकपटक क्रान्ति आवश्यक छ, वैद्यको धारले यही भन्छ । मलाई पनि त्यही लाग्छ ।
० अब जनता फेरि क्रान्तिमा होमिएलान् –
– माओवादीमा लागेका र युद्धबाट आएका माओवादी अनि नेपाली जनता आन्दोलनमा आउँछन्, यसमा कुनै शङ्का छैन । नेपाली जनता आफ्नो अधिकार लिन आतुर छन् । तर, अहिले माओवादीको खोल ओढेर विकृतिमा फस्नेहरू प्रसस्तै देखिएका छन् । ती मानिसहरू क्रान्तिमा जाँदैनन्, यो पक्का हो । उनीहरू माओवादीको नाममा आफ्नो स्वार्थ सिद्ध गर्न मात्रै खोजिरहेका छन् । यस्ता मानिसलाई पार्टीनेतृत्वले चिन्नुपर्ने हो तर चिन्न सकेको छैन । उल्टै त्यस्तालाई फूलमाला लगाएर धमाधम पार्टीमा प्रवेश गराइरहेको छ नेतृत्वले । ती नवप्रवेशी माओवादीले असली माओवादीलाई उम्कन नदिने गरी अन्योल र अस्थिरताको भूमरीमा पार्न खोजिरहेका छन् । उनीहरूले माओवादीलाई अग्रगामी निर्णय गर्नबाट रोकिरहेका छन् । हाम्रो नेतृत्वले यो कुरा बुझ्न जरुरी छ । यदि माओवादीले आन्दोलनको कार्यक्रम घोषणा गर्‍यो भने के ती नवप्रवेशी माओवादी आन्दोलनको अग्रमोर्चामा जान्छन् – पक्कै जाँदैनन् । सकेसम्म आन्दोलनमा देखापर्दैनन्, देखिइहाले पनि ती सबैभन्दा पछि बस्छन् ।
० अन्य पार्टीबाट माओवादीमा प्रवेश गरेकाहरूप्रति तपाईंलाई किन यस्तो डाह लागेको होला –
– त्यसो होइन । मैले भन्न खोजेको के हो भने, पार्टीले असली र सच्च्ाा कार्यकर्ताको अवमूल्यन गरिरहेकोले यसो भन्नुपरेको हो ।
० माओवादीमा देखिएका तीन धारमध्ये क्रान्तिमा जानुपर्छ भन्ने धार त अल्पमतमा छ, होइन –
– मलाई त्यस्तो लाग्दैन । माओवादीका सबै जेन्युइन नेता-कार्यकर्ताले अहिले आन्दोलनको विकल्प देखेका छैनन्, उनीहरूको अभिव्यक्ति मात्र फरक छ ।
० माओवादीमा देखिएको तीन धारमा सबैभन्दा बलियो धार कुन होला –
– मैले भनेँ नि, आफूलाई संस्थापन पक्ष भन्नेहरूले फलानोको यति प्रतिशत ढिस्कानोका यति प्रतिशत कार्यकर्ता छन् भन्ने हल्ला चलाएका छन्, तर यी सब बेकारका कुरा हुन् ।
० माओवादीभित्र आरोप-प्रत्यारोपका विभिन्न घटना पनि सार्वजनिक भएका
छन् नि –
– राजनीतिमा हरेक कुराको खाँचो पर्नेरहेछ । यहाँ पैसा र शक्ति भएन भने अघि बढ्न कठिन हुनेरहेछ भन्ने राम्ररी महसुस गरेकी छु । एकले अर्कालाई पछारेर माथि जानेहरूको सङ्ख्या धेरै देखिएका छन् । त्यो रोग माओवादीभित्र पनि फैलिएको छ । देश र जनताको हितमा भन्दा पनि आफ्नो हितमा सोच्नेहरूको हाबी भएको छ । हामीजस्ता युद्धको मैदानमा होमिएर आएका कार्यकर्तालाई अवमूल्यन गर्ने काम भएको छ । एकले अर्कालाई नानाथरीको आरोप लगाउने गरिएको छ । यस्तो गलत संस्कारबाट पार्टी मुक्त हुनुपर्छ ।
० तपाईंमाथि पनि गम्भीर आरोप लागेको रहेछ, होइन –
– मैले भनेँ नि पार्टीभित्र नानाथरीको आरोप लगाउने, फोगटमा कारबाही गर्ने र उसको राजनीतिक भविष्य नै सिध्याउने खेल भएको छ । मैले पनि ममाथि लगाइएको आरोपलाई त्यही रूपमा लिएको छु । हरेक मानिसको विचार, सम्पत्ति, यौन उसको निजी अर्थात् व्यक्तिगत कुरा हो । यसमा कसैले हस्तक्षेप गर्न सक्दैन । झन् यौन भन्ने कुरा हरेक मानिसको अति आवश्यक कुरा हो, मात्र यसलाई कसरी बुझ्ने वा ग्रहण गर्ने भन्ने सवाल हो । यस्ता कुरामा सबै मानिस संलग्न भएका हुन्छन् । यसलाई पार्टीले पनि त्यही रूपमा बुझ्नुपर्छ भन्ने मेरो आग्रह हो ।
० तपाईंमाथि लगाइएको यौनको आरोप वास्तवमा के हो त –
– यो के हो, सही र गलत कस्तो हो भन्नुभन्दा पनि यसलाई कसरी लिने भन्ने हो । हुनसक्छ मबाट पनि कुनै कमजोरी भएका हुन सक्छन् । तर, अरूको पनि त कमजोरी रहेको हुनसक्छ, त्यो हर्ेर्नुपर्दैन – उनीहरूको कुराचाहिँ किन आउँदैन – महत्त्वपूर्ण कुरा यहाँ छ । यहाँ ठूलाले जे गरे पनि हुने र सानाले चाहिँ केही गर्न नहुने परिपाटी बस्दै आएको छ ।
० प्रतिशतका आधारमा भन्नुपर्दा यस विषयमा तपाईंको कति प्रतिशत कमजोरी होला –
– तपाईंले प्रतिशतमै खोज्नुभयो, यो भन्न निकै कठिन छ । तै पनि मबाट कुनै कमजोरी भएको छैन भन्दिनँ । मान्छे हो, कमी-कमजोरी हुन्छ । प्रतिशतकै आधारमा कुरा गर्दा मेरो ३० प्रतिशत कमजोरी भएको हुनसक्छ, बाँकी ७० प्रतिशत अर्को व्यक्तिको हो । मानिसको नितान्त व्यक्तिगत कुरालाई बाहिर ल्याएर पार्टीभित्र अराजकता मच्चाउनेहरूलाई छुट दिँदै जाने हो भने यसको परिणाम भयानक हुनसक्छ । पार्टीले कसैलाई काखा र कसैलाई पाखा गर्न पाइँदैन ।
० यसको मतलब तपाईंलाई पाखा लगाउँदै छ पार्टीले –
हो, मलाई मात्र होइन मजस्ता हजारौँ सच्चा र खारिएका माओवादी योद्धालाई पछिपार्ने काम भएको छ । अनेक आरोप लगाएर पछि पारिँदै छ । पाइलापाइलामा खोचे थाप्ने काम भएको छ । यसले पार्टीलाई हित गर्छ जस्तो मलाई लाग्दैन । हुन त पार्टीलाई कार्यकर्ताको खाँचो हुँदैन । धेरै कार्यकर्ता पार्टीभित्र आउन सक्छन् र जान पनि । तर, पार्टीले सच्चा कार्यकर्ता पाउन सक्दैन । फेरि यहाँ कथित धारहरूले पनि ठूलो भूमिका खेलिरहेको छ । त्यसमध्ये कुनै एक धारले मेरो व्यक्तिगत जीवनको कुरा उठाएर फाइदा लिन खोजिरहेको छ ।
० यौन तथा सांस्कृतिक विचलनको कुरामा पार्टीभित्र अरू नेताहरू पनि कारबाहीमा पारेका छन् नि, होइन –
– हो, यहाँ निर्धाहरूमाथि कारबाही भइरहेको छ । तर, पार्टीभित्रकै ठूला भनिएका नेताहरूलाई केही कारबाही भएको छैन । यौनका घटनामा पार्टीभित्रका ठूला नेताहरू नै प्रत्यक्ष संलग्न भएका छन् । हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेको बेलामा मन्त्रीहरू नै मसाज तथा क्याबिन सेन्टरहरूमा पुगेको समाचार सार्वजनिक भएको होइन र – खै उहाँहरूलाई कारबाही भएको – हाम्रा पनि अधिकांश नेताहरू चोखा छैनन् । भूमिगतकालमा होस् वा सार्वजनिक राजनीतिक जीवनमा, सबै नेताहरूको कसै न कसैसँग नाम जोडिएर आउने गरेको छ । कुन नेताकी श्रीमतीको सम्बन्ध कुन नेतासँग छ, कुन नेताको सम्बन्ध कुन महिलानेत्री वा अन्य महिलासँग छ, हामीलाई सबैको बारेमा एकएक जानकारी छ । खोतल्दै जाँदा दुई-चार प्रतिशत नेता चोखा देखिएलान् बाँकी सबै एकै ड्याङका मूला हुन् । मात्र ती नेताहरूसँग पैसा र शक्ति छ, हामीसँग छैन । फेरि तिनै नेताहरूलाई पार्टी नेतृत्वले संरक्षण दिएर राखेको छ । यहाँ हत्यारा, लुटेरा, चोर, फटाहा, दुई नम्बरी धन्दा गर्नेलाई पार्टी नेतृत्वले काखी च्यापेको छ तर पार्टीप्रति बफादर हामीजस्ता योद्धालाई तिरस्कार गर्ने काम हुँदै छ । यो राम्रो सङ्केत होइन । यस विषयमा मैले नेतृत्वसँग कुरा पनि गरेको छु ।
० एक-एक जानकारी छ भन्नुभयो, त्यस्ता गतिछाडा नेताहरू को-को हुन्, खुलाइदिनुस् त ।
– आवश्यकता पर्‍यो भने त्यो पनि खुलाउँला, अहिले अलि समय भएको छैन ।
० भनेपछि तपाईंमाथि पार्टीले यस्तो अन्याय गरिरहेको छ –
– ममाथि मात्र होइन १० हजारभन्दा बढी सहिद परिवारमाथि अन्याय भएको छ । पार्टीले सहिद परिवारलाई के भनेर आश्वासन दिएको थियो – के ती आश्वासन पूरा गर्‍यो – केही गर्न सकेको छैन । पार्टीले युद्धमा लागेर अभिभावक गुमाएकालाई पार्टीले अभिभावकत्व प्रदान गर्ने भनेको थियो, खोइ अभिभावकत्वको भूमिका निर्वाह गरेको – अहिले हाम्रो हेडक्वार्टर राजधानीमा छ । यहाँबाट सुदूरपश्चिमाञ्चलका कार्यकर्ता तथा सुदूरपूर्वका कार्यकर्ताको भावना पार्टी नेताले बुझ्न सक्नुपर्छ । त्यो बुझ्न सकेको छैन । यहाँ नेताहरू आफ्नै मोजमस्तीमा भुलेका छन् । सहिद र बेपत्ता परिवारको पीडालाई पाँचतारे होटलको वाइनसँग पिइरहेका छन् । सहिद परिवारले के पायो – आज हजारौं सहिद परिवारले माओवादी नेतृत्वलाई यही प्रश्न गरेको छ । मेरै कुरा गरौँ । मेरो पति २०६१ सालमा सहिद हुनुभएको हो । ठूली छोरी पनि आन्दोलनमै लागेर सहिद भइन् । म माओवादीमा लागेकीले आफ्नो अभिभावक र सन्तान गुमाएँ । के माओवादीले मेरो अभिभावकको भूमिका निर्वाह गर्‍यो – गरेन । यो अवस्थामा म आफ्नो अभिभावक खोज्न बाध्य हुन्छु । म मात्र होइन, आन्दोलनमा आफ्ना अभिभावक गुमाएका हजारौँले आफ्नो अभिभावक खोज्नुपर्ने बाध्यता हुन्छ । पार्टीले पनि त युद्धमा पति-पत्नी गुमाएकालाई पुनः विवाह गराउने सोच बनाएको थियो । त्यो पनि पूरा गर्न सकेन । अनि कसैले आफ्नो अभिभावक खोज्छ भने उसमाथि अनेक आरोप लगाएर चरित्र हत्या गर्न पाइन्छ –
० त्यसो भए माओवादी आफ्ना कार्यकर्तालाई धोका दिँदै छ –
– हो, असली कार्यकर्तालाई धोका दिएर पार्टीलाई सिध्याउने कार्यकर्ता भित्र्याउने खेलमा माओवादी लागेको हो भन्ने लाग्छ ।
० तपाईंमाथि गरिएको कारबाहीप्रति तपाईं के भन्नुहुन्छ त –
– मलाई कारबाही गरिएको भन्नेबारेमा मैले आधिकारिक जानकारी पनि पाएकी छैन तथापि यसबारेमा मैले पार्टी हेडक्वार्टरलाई जानकारी गराएकी छु । कस्तो कारबाही गर्दारहेछन् हेरौँ । मैले गल्ती गरेकी रहेछु भने सजाय भोग्न पनि तयार हुन्छु होइन भने त्यसको कडा प्रतिवाद गरिन्छ ।