तपाईंको यो साता

तपाईंको यो साता



(२०–२६ मङ्सिर, २०७४)

मेष
नजिकको मित्रसँग भेटघाट हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । दाम्पत्यजीवन सुखमय हुनेछ । सरकारी निकायबाट सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । साताको अन्त्यमा महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । शरीर भारी र मन अस्थिर रहने सङ्केत देखिन्छ । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको आराधना गरी यात्रा गर्नले सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ कालो हो ।

वृष
यात्रामा सावधानी अपनाउनुपर्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । प्रेममा मनमुटाव रहला । यात्रा नगरेको जाती हुन्छ, चोटपटकको भय हुनेछ वा यात्राका क्रममा झर्कोलाग्दो र धनमाल हराउने सम्भावना पनि देखिन्छ । साताको अन्त्यमा राजनीतिक कार्यमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व लक्ष्म्मीजीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ गुलाबीे हो ।

मिथुन
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । विद्युतीय क्षेत्रबाट सफलता हात पर्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मध्य सातादेखि नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । सरकारी निकायको भय रहला । यात्राबाट खासै उपलब्धि नहुन सक्छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ पहेँलो हो ।

कर्कट
मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । साताको अन्त्यबाट अनावश्यक ठाउँमा धन खर्च होला । सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ । कुनै नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि कालीजीको ध्यान गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ सेतो हो ।

सिंह
विश्वास गरेकाले साथ दिनेछन् । रमाइलो यात्राको योग रहेको छ । शुभकार्यको चर्चा चल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । दाम्पत्यजीवन सुखमय हुनेछ । रोकिएको धन हात पर्नेछ । विज्ञान तथा प्रविधिको सहयोगले व्यवसाय फस्टाउनेछ । लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन् । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महादेवको आराधना गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ७ र शुभरङ रातो हो ।

कन्या
ठीक समयमा सही निर्णय लिन सकिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । मान तथा प्रतिष्ठामा वृद्धि होला । सामाजिक कार्यमा मन जानेछ । बन्दव्यापारबाट राम्रै आय हुनेछ । साताको अन्त्यमा समय प्रतिकूल भई कुलतमा मन जानेछ । कष्टकर यात्रा गर्नुपर्ला । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअअङ्क १, ६ र शुभरङ रातो हो ।

तुला
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । महत्वपूर्ण कामको थालनी हुनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । मध्यसाताबाट चुनौतीको सामना गर्नुपर्ला । घरव्यवहारको समस्याले सताउनेछ । सौन्दर्यमा धन खर्च हुनेछ । साझेदारीमा हात नहाल्दा फलदायी हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महासरस्वतीको दर्शन गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ । यो साताका लागि शुभअअङ्क १, ३ र शुभरङ नीलो हो ।

वृश्चिक
मनोरञ्जन र भ्रमणमा खर्च बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । घरव्यवहारमा झमेला रहला । व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । साताको अन्त्यबाट लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । खाद्यान्नको करोबारमा फाइदा मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअअङ्क १, ७ र शुभरङ रातो हो ।

धनु
सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । वाक्चतु¥याइँँले सङ्कल्प सिद्घ हुनेछ । विद्युतीय क्षेत्रबाट फाइदा लिन सकिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । कला र गलाको प्रभाव बढ्नेछ । प्रेममा मधुरता छाउनेछ । आँटेकोे र ताकेको कार्य पूरा होला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअअङ्क ७ र शुभरङ पहेँलो वा कलेजी हो ।

मकर
पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रनेछ । शरीर भारी र मन अस्थिर रहने सङ्केत देखिन्छ । चोटपटकको भय छ, सचेत रहनुहोला । रविबारबाट दाजुभाइ र बन्धुबान्धवले सकेको सहयोग गर्नेछन् । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअअङ्क २, ५ र शुभरङ सेतो वा घिउरङ हो ।

कुम्भ
मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्री प्राप्ति हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । धैर्य एवम् लगनशीलताले अवसर दिलाउनेछ । ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको पूजा–अर्चना गरी गरेको लगानीबाट सफलता मिल्नेछ । यो साताका लागि शुभअअङ्क ९ र शुभरङ पहेँलो हो ।

मीन
श्रमको उचित मूल्याङ्कन हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सानातिना यात्राबाट छिटफुट फाइदा देखिए पनि लामो दूरीको यात्राबाट खासै उपलब्धि नहुन सक्छ । साताको पहिलो दिनबाट मुद्दामामिलामा विजयी प्राप्त हुनेछ । पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास हुनेछ । शुभकर्म गर्नुपूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअअङ्क १, ७ र शुभरङ रातो हो ।