विवेक मुँआ थाई वारियर कप च्याम्पियन

1 Shares

नेपालका विवेक नकर्मी अमेरिकामा भएको प्रो. मुँआ थाई वारियर कप च्याम्पियन भएका छन् । अमेरिकाको फिलाडेल्फियामा भएको प्रो. मुँआ थाई फाइटको फाइनलमा विवेकले अमेरिका जोसेफ विलियम्स लगनलाई नकआउट गर्दै वारियर कपको टाइटल बेल्ट जितेको टिम प्रशिक्षक मुक्तिसग्राम विष्टले जानकारी गराएका छन । विलियम्सले १४ प्रोफेसनल फाइट खेलिसकेका छन् ।

युएस मार्सल आर्ट एसोसिएसनको आयोजनामा भएको प्रो. फाइट ३ राउन्डसम्म चलेको टिम प्रशिक्षक मुक्तिसंग्राम विष्टले बताए । प्रोफेसनल फाइट च्याम्पियन समेत रहेका मुक्ति टिम प्रशिक्षक, प्रशिक्षकमा थाई नागरिक तानाचोन र टिम व्यवस्थापकमा ब्लुक सी मिलर रहेका थिए । उक्त प्रतियोगितामा अन्य थप ४ विधामा पनि प्रो. फाइट भएको थियो ।

1 Shares

प्रतिक्रिया