‘चेम्बर एक्स्पो २०७४’ सम्पन्न, ५ करोडको कारोबार

‘चेम्बर एक्स्पो २०७४’ सम्पन्न, ५ करोडको कारोबार


नेपाल चेम्बर अफ कमर्सको आयोजना सञ्चालित ‘चेम्बर एक्स्पो २०७४’ सम्पन्न भएको छ । पाँच दिन चलेर हिजो सोमबार साँझ सम्पन्न एक्स्पो ५० हजारभन्दा बढीले अवलोकन गरेको र पाँंच करोडभन्दा बढीको कारोबार भएको सम्बद्ध पक्षले जानकारी दिएको छ ।

एक्स्पोमा विभिन्न कम्पनीका गाडीहरूको अर्डर बढी भएको बताइन्छ । निर्माण सामाग्रीका रुपमा रहेका भूकम्प प्रतिरोधात्मक सामग्रीको अर्डर एक्सपोमा विशेष रूपले भएको एक्स्पोका संयोजक राष्ट्रभूषण चाकुबजीले बताए ।

उक्त एक्स्पोमा अटोमोबाइल, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम अप्लाइन्स, फेशन वेयर, मोबाइललगायतका २२५ स्टल राखिएका थिए भने नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र बंगलादेश गरी आठवटा मुलुकहरूको सहभागिता थियो ।