अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने सोचप्रति आपत्ति

अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने सोचप्रति आपत्ति


तेल अभिवमा रहेको अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने भनी आएको अमेरिकी विचारप्रति प्यालेष्टिनी स्वतन्त्रता संगठन (पिएलओ) को कार्यकारी समितिका सदस्य हनान आश्रावीले विरोध जनाएकी छन् ।

सूचना तथा संस्कृति विभागका प्रमुख समेत रहेकी आश्रावीले अमेरिकाले राजदूतावासलाई जेरुसेलम सार्ने कदमले समग्र यस क्षेत्रमा अस्थिरता निम्त्याउने, शान्ति प्रक्रियालाई खल्बलाउने, यस क्षेत्रमा अमेरिकी भूमिकालाई अयोग्य सावित गर्ने तथा अतिवादको नयाँ लहर सिर्जना गर्ने बताइन् ।

ुमलाई विश्वास छ यस्तो कदम कसैले पनि लिने छैन । यो कदम अत्यन्तै गैरजिम्मेवार तथा खतरनाक सावित हुनेछ,ु उनले भनिन् । उनले चेतावनीको श्वरमा थपिन्, “राजदूतावास सार्ने कदम एकदम खतरनाक हुनेछ र धार्मिक बिषयका रूपमा उदाउने छ ।”

शुक्रबार प्यालेष्टिनी राष्ट्रपति मोहमद अब्बासका प्रवक्ता नबिल अबु रुदैनाहले अमेरिकाद्वारा जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिइनु वा तेल अभिभमा रहेको अमेरिकी राजदूतावास जेरुसेलम सार्ने कुरा शान्ति प्रक्रियाको भबिष्य तथा यस क्षेत्रमा अस्थिरता निम्त्याउने उत्तिकै खतरनाक बिषय बन्नेबताए् ।

अवु रुदैनाहले इजरायल तथा प्यालेष्टिनी द्वन्द्वको न्यायपूर्ण समाधान भनेको पूर्वी जेरुसेलमलाई स्वतन्त्र प्यालेष्टाइनको राजधानी बनाउनुपर्नेमा जोड दिए। इजरायल तथा प्यालेष्टाइनबीच समाधान ल्याउन असफल हुनु भनेको विश्वका साथै यस क्षेत्रमा व्याप्त तनाव, अस्तव्यस्त र हिंसालाई निरन्तरता दिनुहुनेछ ।
सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने बिषयलाई आगामी बुधवार घोषणा गर्ने तयारी रहेको बताएका छन् ।