बुद्धको टाटुले गरायो धनवर्षा

बुद्धको टाटुले गरायो धनवर्षा


तीन वर्षअघि घुमघामको सिलसिलामा श्रीलङ्का घुम्न बेलायती पर्यटक महिला नाओमी कोलम्यानले नसोचेको कुरामा सास्ती पाइन् । श्रीलङ्का घुम्दाघुम्दै जताततै बुद्धका मूर्ति र चित्रहरू देखेपछि बुद्धबाट प्रभावित बनेकी उनले आफ्नो दाहिने पाखुरामा बुद्धको टाटु खोपाएकी थिइन् । बुद्धप्रति सम्मान प्रकट गर्न ज्यानमा टाटु खोपाउँदा नतिजा उल्टो आउने त नाओमीले कल्पनै गरेकी थिइनन् । तर, भइदियो उल्टो । कोलम्यानले ज्यानमा बुद्धको टाटु खोपाएर मानिसको धार्मिक भावनामा चोट पु¥याएको अभियोग लगाउँदै श्रीलङ्कन प्रहरीले कोलम्बोमा उनलाई पक्राउ ग¥यो । चार दिन हिरासतमा राखेर उनलाई बेलायत डिपोर्ट गरिएको घटना त्यसबेला अर्थात् सन् २०१४ मा निकै चर्चामा रह्यो । निकोल पनि चुप बसिनन्, श्रीलङ्का सरकारविरुद्ध त्यहीँको अदालतमा मुद्दा ठोकिन् । उक्त मुद्दामा हालै अदालतले फैसला सुनाएको छ, जसअनुसार निकोलले एक करोड २८ लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएकी छिन् । यसरी पाखुरामा बुद्धको टाटु खोपाएर पाएको सास्ती अन्ततः निकोलका लागि सुखद परिणतिमा बदलिएको छ ।