कोठा, फ्ल्याट वा घर भाडामा चाहिएमा ‘घरभेटी डटकम’ !

कोठा, फ्ल्याट वा घर भाडामा चाहिएमा ‘घरभेटी डटकम’ !


राजधानीमा कोठा, फ्ल्याट, घर भाडामा भनेको बेलामा पाउनै निकै गाह्रो छ ।

यसै समस्यालाई मध्यनजरमा राख्दै घरभेटी डटकम अनलाइन संचालनमा आएको छ । सो अनलाइनको मुख्य उद्देश्य नेपालमा कोठा फ्ल्याट वा घर भाडामा खोज्न र भाडा लगाईदिन सहज बनाउने रहेको घरभेटीका सिइओ राजन दाहालले बताए ।

घरभेटी डटकमका बारेमा सिइओ दाहाल के भन्छन् ?

प्रविधिको प्रयोग ज्यादै बढेको छ । यसैक्रममा घरभेटी डट कम (http://gharbheti.com) नामक वेबसाइट विकास भएको छ र उपभोक्तालाई सेवा दिइरहेको छ ।

यस घरभेटी डटको मोबाइल एप पनि रहेको छ, जसले गर्दा वेबसाइट वा मोबाइलबाट कोठा भाडामा लिन र दिन सकिने भएको छ यस युटिलिटी टुलमा रोजेको जस्तो कोठाको सूचना प्रदान गर्ने Notify Room प्रबिधि भनेर विकास गरेको छ ।

यस टुलको मद्दतले खोजेको जस्तो कोठा भाडामा पाउन सकिनेछ साथै प्रि–बुकिंङ फिचारको सहयोगले घरभेटीले कोठा खाली हुनु अगाबै उक्त कोठा भाडाको लागि रहेको जानकारी पोस्ट गर्न सकिनेछ यस फिचरले गर्दा महिनौ सम्म कोठा खाली रहेर बस्ने झन्झट र घाटाको समाधान गर्नेछ ।

यसरी आवश्यकताहरुको समाधान गरिदिने युटिलिटी टुलहरु र प्रबिधिको विकास गर्दै नेपाली आइटी कम्पनीहरु अगी बढ्दै गइरहेका छन् घर बन्न लग्यो आवश्यक भन्दा बढी कोठाहरु वा फ्ल्याट छन् अब भाडामा लगाउनु पर्ने छ कसरि भाडा लगाउने सबैजना व्यस्त सहरमा कसलाई भन्ने र कसले भनिदिने कोठा महिनौ समय खाली रहन सक्छ ।

आम्दानी गर्न सक्ने श्रोत त्यसै गयो त्यसै गरि कोठा चाहिएको छ हालको भन्दा केहि बढी फराकिलो कोठा चाहियो कहाँ जाने कसलाई भन्ने कोठा खोज्न जाने समय निकाल्न पनि गाह्रो छ कति दिन सम्म असहज परिस्थीतिसंग सम्झौता गरेर बस्ने खोजे जस्तो कोठा पनि पाइन्न ।

यस किसिमका समस्याको समाधान गर्नका निम्ति एक प्रविधिको विकास भएको छ उक्त प्रबिधिको नाम घरभेटी डट रहेको छ । वेबसाइट र घरबेटी मोबाइल एप सहितको यस प्रबिधिले घर भाडामा लिने र दिने समस्याको समाधान गर्ने छ ।