अमेरिकामा ‘सिड मनी’को सदुपयोग यसरी गर्नुहोस्

अमेरिकामा ‘सिड मनी’को सदुपयोग यसरी गर्नुहोस्


– सानुबाबु सिलवाल

एकातिर एपार्टमेन्ट र कोठाको मासिक महँगो भाडा तिर्दातिर्दै हत्तु भएका र अर्कातिर अर्काको काम गर्दागर्दै वाक्क दिक्क हुँदै आएका अमेरिकामा बस्ने थुप्रै नेपालीले एउटा गज्जबको प्रश्न, कौतुहलता र जिज्ञासाको बज्रपात दैनिकिजसो ममाथि तेर्साउँदै आएका छन् । मसँग यतिजति रकम छ ‘सिड मनी’को रुपमा, अब घर किनुँ कि ब्यबसाय गरुँ रु कुनचाहिँ उत्तम या जायज होला तपार्इंले भनिदिनु पर्यो भन्दै आउने प्रश्न र कौतुहलतालाई एउटै लाइनमा यसरि उल्लेख र उजगार गरिदिएँ यस छोटो मेरो लेखोटमा। अमेरिकाको विभिन्न राज्यमा बस्ने उहाँहरुलाई एकमुष्ठ जवाफ यहि लेखमा दिने जमर्को गरेँ आजलार्इ।

भएको डलरको बिउ सबै अनुत्पादक, आम्दानी दिनै नसक्ने अनि घरको खरिद (सिन-अनसिन खर्चको भकारी)लार्इ पहिलो छनोटमा राख्नुभयो र भएको रकम घरको डाउन पेमेन्टमा बिदावारी गरिदिनु भनेको तपार्इंले पटमुर्खता गर्नुभएको भन्ने नै हो । अर्थात अमेरिकामा तपार्इंको यो च्वाइस भनेको आफैलाई डुबाउने नै हो। यो गल्ति झुक्किएर र मदहोस भएर कदापि नगर्नुहोला। फलानोले घर किन्यो, फलानाले घर किन्ने सम्झौता गर्यो जस्ता उल्किने र उचाल्ने नेचरले तपार्इं डुब्नुहुनेछ।

तपार्इंसँग डाउन पेमेन्ट गर्ने रकम लाख डलर भन्दा बढि छ र तपार्इं घर किन्ने सुरसारमा खुट्टा उचालेर बसिरहनुभएको छ वा अर्काको तालसुरमा हिँड्दै हुनुहुन्छ भने आजैबाट खुरुक्क यो मनसुवा छोडेर अमेरिकी ग्रामिण, एफोर्डेबल, कम ओभरहेड भएका राज्य, शहर वा बस्तिहरुमा तपाइसँग भएको सिड मनि बोकेर साना ब्यबसायका लागि कम्मर कस्नुहोस् आजैबाट। सिडमनिले ब्यबसाय जन्माउँछ, आफ्नै कडा परिश्रमले तपार्इंको लगानि चाँडै फर्कदैन मात्रै तपाइलार्इ आफ्ना खर्चहरु काटी मनग्गे डलर मासिक घर लैजान सक्ने बनाउछ र जुन दिन तपाइसँग ब्यवसाय छ, आम्दानी गर्दैछ, ब्यवसायको पर्पर्टी खैर बैंकमा किन नहोस्, तपाइले रेन्ट जोगाउँदै हुनुहुन्छ र ब्यवसायको समग्र पेड अफ पश्चात लगभग ३ वर्षको सेल्फ इम्प्लोइडपछि घर किन्दा भैगयो नि।

ब्यवसायको आम्दानीले घर किनिनेछ जहाँ तपाइको लगानीको गुडविल मुल्य यथावत छ वा तपार्इंको ब्यवसायले राम्रै गर्दैछ भने बढेको गुडविलले तपार्इंको लगानीको जोखिमलार्इ निस्तेज गरि सुरक्षित भैरहने छ भने मासिक मनग्गे आम्दानिले तपार्इंको घरको इन्स्टलमेन्ट भुक्तानीको निरन्तरताले तपार्इं सुरक्षित जोनमा रहिरहनु हुनेछ।

उसबेला माडेहरुले आफुसँग भएका सिडमनी वित्तीय संस्थाहरुको सहयोगमा बन्दब्यापार गर्ने र बस्न चाहिँ भाडाको फ्लाट वा घरमा बस्दा हामी यी मुर्ख जात रहेछन् भन्ने गथ्र्यौं हामी। माडेहरु उस्ताज रहेछन् उसबेलै भएको स्रोतलाइ ब्यापारमा हाली कमाएपछि आफ्नै घर किन्ने लेसन अहिले यो लेख्दालेख्दै झल्झल्ती सम्झँदै छु।

फेरि एकपटक तपार्इंहरुलार्इ सम्झाउन चाहन्छु कि पहिले ब्यबसाय त्यसपछि घर। पहिले घर किनेर डुब्ने काम नगर्नुहोला अमेरिकामा। भएको सिडमनी डाउन पेमेन्ट त गयो गयो हुँदा हुँदा घरको पेमेन्ट, बीमा, मर्मतसम्भार, रङ्गरोगन, युटिलिटी, ब्यवस्थापन, घर भएपछि पाहुनाहरु, भोजभतेरको अनसिन खर्चले तपार्इंको हाडछाला दैनिकी श्रम घोटिनुपर्ने हुन्छ र कथमकदाचित कुनै कारणवश घरको पेमेन्ट रोकियो र तिर्न नसकेका दिन तपार्इंको क्रेडिट र आर्थिक हिस्ट्रि बर्बाद हुनसक्छ।

बुझेर, जानेर, राम्ररी खोजिनीति गरी सिडमनिको सदुपयोग गरि साना ब्यवसायमार्फत अमेरिकन समृद्धि र अवसरको लाभ उठाउने बुद्धिमत्तापूर्ण काम गर्नुहोला।