ठगले ठगीको आरोप लगाएपछि…

ठगले ठगीको आरोप लगाएपछि…


‘जो चोर उसैको ठूलो स्वर’ भन्ने उखान नेपाली समाजमा निकै प्रचलित छ । गत २२ गते बुधबार लोकप्रिय साप्ताहिक घटना र विचारमा ‘ठगीको नयाँ तरिका’ शीर्षकको पाठक-पत्र पढेपछि यो उखान झन् चरितार्थ बनेको अनुभूति गरेको छु । उक्त पत्रका लेखक एम. जोशीको वास्तविक नाम मोहनकुमार जोशी हो । जोशीले ‘एनटी इन्भेस्टमेन्टका निरज र र्सर्ूयले बढी ब्याज लिएर मलाई ठगे’ भनी लेखेका रहेछन् । तर, वास्तविक ठग त निज मोहनकुमार जोशी नै हुन् र यतिबेला उसको ठगीमा परेर घोर पीडामा परेका व्यक्तिहरूचाहिँ हामी हौँ, हामी- निरज र र्सर्ूय । यो यथार्थको ज्ञान सर्वत्र होस् र ठगिएका हामीले आफ्नो रकम असुलउपर गरिपाऊँ, अनि ठगमाथि कारबाही पनि होस् भन्ने उद्देश्यले घटना र विचारमार्फत दुई शब्द कोर्दै छौँ ।
निज जोशीसँग हाम्रो चिनजान भएको धेरै समय नभएकोले उसको ठग चरित्रबारे हामीलाई पटक्कै ज्ञान भएन । हाम्रो कार्यालयमा उनी आउने-जाने गर्थे, ठूलाठूला चिप्ला गफ गरेर हामीलाई लठ्याउँथे । आफू सरकारी सेवामा ठूलै ओहोदामा रहेर काम गरी रिटायर्ड भएको, आफ्नो पहुँच चौतर्फी र माथिमाथिसम्म भएको उनको गफ हामीलाई वास्तविकजस्तै लाग्दथ्यो । यस्तै क्रममा उनले आफूलाई केही लाखको आवश्यकता परेको र सो उपलब्ध गराइदिने व्यक्तिलाई तत्काल अमेरिकाको भीसा मिलाइदिने कुरा गरे । उनको भिजिटिङ कार्डमा उनी इन्फो-एड्स, इन्टरनेसनल एड्स कन्ट्रोल एन्ड प्रिभेन्सन रिर्सच सेन्टर नेपालका अध्यक्ष र कम्युनिटी हेल्थ एन्ड डिभलपमेन्ट सेन्टरका चेयरम्यान भन्ने उल्लेख गरिएबाट यिनले पक्कै काम मिलाउन सक्छन् भन्ने हामीलाई लागेको थियो । यही विश्वासमा परेर पहिलो किस्तास्वरूप कागज गरेर उनलाई तीन लाख नगद हामीले उपलब्ध गरायौँ । तर, एक महिनाभित्र काम हुने र नभएमा ब्याजसहित रकम फिर्ता गर्ने सहमति भएकोमा ३५ दिनसम्म निज जोशी बेपत्ता भएपछि हामीलाई शङ्का लाग्यो । फोनमा सर्म्पर्क गर्दा सधैं स्विच अफ भएपछि उनले दिएको ल्यान्डलाइनमा सर्म्पर्क गर्‍यौँ । तर ठग न परे, उनले त अर्कैको अफिसको नम्बर पो दिएका रहेछन् । सोधखोज गर्दै उनी पुगिरहने स्थान महेन्द्र पुलिस क्लबमा पनि पुग्यौँ । त्यहाँ गएपछि त हामी झन् छाँगाबाट खसेझैँ भयौँ । किनकि, क्लबमा आउने थुप्रैलाई गफ मारीमारी जोशीले ठगिसकेका र ठग्न लागेका अनि गायब बनेका रहेछन् भन्ने त्यहाँबाट थाहा लाग्यो । उनको त नाम नै नटवरलाल पो राखिएको रहेछ । अनि अत्तालिँदै बागबजारको ताजमहल गेस्टहाउस पुग्यौँ हामी, किनकि त्यो आफ्नै हो भनी उनले हामीसँग भनेका थिए । बुझ्दा थाहा भयो कि उनी त उक्त गेस्टहाउसको ग्राहक मात्र रहेछन्, कहाँको मालिक हुनु – जेहोस्, हामीले धोका पाइसकेका छौँ र ठगिएको रकम फिर्ता लिने प्रयासमा हामी छौँ । सम्बन्धित निकायमा प्रमाणसहित निवेदन गरेका छौँ । यस्ता व्यक्तिबाट सचेत रहन आमदाजुभाइ दिदीबहिनीमा आग्रह गर्दछौँ ।
– निरज श्रेष्ठ र र्सर्ूय, काठमाडौं
अब योगी पनि आन्दोलनमा
गोरखनाथपीठका प्राचीन चल-अचल सम्पत्तिहरू मठ-मन्दिर, संस्कृति-संस्कार तथा पुरातात्विक वस्तुहरू संरक्षण सर्म्बर्द्धन तथा विकासका लागि कोषको स्थापना गरीकन विश्वसम्पदा सूचीमा गोरखनाथका पीठ-मन्दिर र सम्पत्तिहरू राखी सम्पूर्ण योगी तथा नाथ सम्प्रदायका सन्तमहन्तहरूको संयुक्त पहलमा गोरखनाथ तथा गोरक्षा आन्दोलन थाल्ने निर्णयमा पुगेका हामी समस्त नेपालीका तर्फबाट निम्न माग अघि सार्दछौँ-
१, नेपाल सरकार र संसद्बाट गोरखनाथपीठ संरक्षण तथा विकास कोषको स्थापना तत्काल होस् ।
२, अतिक्रमण र विनाश भएका गौशाला, गोरक्षपीठहरू, मृगस्थली र देशभरका सारा गोरखनाथपीठ, मठमन्दिरहरूको पुनर्स्थापना तथा पुनरि्नर्माण गरियोस् ।
३, गोरखनाथ र गोरक्ष अतिक्रमण गुठी, भूमि, सम्पत्तिहरू सारा खोज, अनुसन्धान, छानबिन गरी राष्ट्रियकरण गर्दै गोरखनाथ कोषको नाममा कायम गरियोस् ।
४, चौध सय पचास वर्षभन्दा पहिलादेखि स्थापित विकसित संरक्षित शिव गोरखपीठहरू, मठहरू, वेदशाला, गौशाला, पाकशाला, साधु आश्रम आदि व्यवस्थापन र सुव्यवस्थित गरियोस् ।
५, प्राचीनकालीन महत्त्वपूर्ण गोरखकाली, तन्त्र, मन्त्र, यन्त्र, आदिको संरक्षण र विकासका लागि तन्त्रशालाको स्थापना होस् ।
६, देशभर रहेका विभिन्न सम्प्रदायका सच्च्ाा साधु, सन्त-महन्तहरूको पहिचान गरी मठ-मन्दिरहरूको संरक्षणका लागि जिम्मेवारी दिई सारा मठ-मन्दिर देवालयहरूको बृहत् संरक्षण गरियोस् ।
७, शिव तन्त्र, मन्त्र, यन्त्र, गुरु गोरखनाथ, मच्छिन्द्रनाथ आदि सम्बन्धित सारा प्राचीन सम्पदाहरू ज्ञान ग्रन्थहरूसँग सरोकार पुस्तकालय तथा धार्मिक सङ्ग्रहालय स्थापना गरियोस् ।
८, गोरखनाथ र गोरक्षा धर्म एवम् प्राचीन वैदिक ग्रन्थहरू वेद-पुराण उपपुराणहरू आदि प्राज्ञिक धार्मिक प्रज्ञा-प्रतिष्ठान स्थापना गरी मानव ज्ञान, आचरण, नैतिकता र सभ्यताहरूको प्रतिस्पर्धा प्रतियोगिताहरू सञ्चालन अभियानको व्यवस्था गरियोस् ।
९, नेपाल सरकार, नेपालको संविधानसभा र संसद्ले गोरक्षनाथ र यसका सम्बन्धित सम्पत्तिहरू संरक्षणका लागि असमर्थ भएको खण्डमा जानकारी गर्रार्इर्र्यसको विकल्प हामीहरूलाई संयुक्त राष्ट्रसङ्घ मातहतका सङ्घ-संस्थाहरू, विदेशी राष्ट्रहरूसँग सहयोग र सहायता लिई प्राचीन सम्पदा संस्कृति, संस्कार र सभ्यताहरूको खोज, अन्वेषण, अनुसन्धान र कार्यान्वयन गर्ने अनुमति गोरखनाथ पीठका नाथ सम्प्रदायका योगीहरूलाई सम्बन्धित निकायहरूबाट अनुमति पाउन यो सामूहिक र सार्वजनिक माग पेस गर्दछौँ ।
– श्री महन्तपीर नरिनाथ योगी र श्री भूतनाथ योगी -ओघडपिर), वनकाली काठमाडौं, नेपाल