प्रदेशको अस्थायी राजधानी तोक्न सरकार डरायो

प्रदेशको अस्थायी राजधानी तोक्न सरकार डरायो


प्रदेशको अस्थायी राजधानी तोक्न सरकार डराएको छ । चुनावको बेला अस्थायी राजधानी तोक्दा आन्दोलन हुने डरले सरकारले तत्काल यो काम अघि नबढाउने भएको हो ।

स्रोतका अनुसार, सरकारले दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सरकारले प्रदेशको राजधानी तोक्नेछ ।
निर्वाचनको मनोनयन अघि नै प्रदेशको अस्थायी राजधानी तोक्ने भनिएपनि सरकारले तोक्न सकेको छैन् ।

सरकारका एक मन्त्रीले निर्वाचनअघि नै प्रदेशको अस्थायी राजधानी तोकिँदा विवाद र आन्दोलन हुन सक्ने भएकाले निर्णय नगरिएको बताए । उनले भने, ‘चुनावको मुखमा अस्थायी राजधानी सरकारले तोक्यो भने आन्दोलन हुन सक्छ ।

आन्दोलनकै कारण चुनाव हुन नसक्ने अवस्था पनि आउन सक्ने सम्भावनालाई मध्यनजर गरेर पछि तोक्ने निष्कर्षमा सरकार पुगेको हो ।’

उनले पहिलो र दोस्रो चरणको निर्वाचनको परिणाम आउनु अघि नै सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने बताए । अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले ७ वटै प्रदेशका अस्थायी राजधानीको विकल्पसहितको प्रस्ताव तयार पारिसकेको छ ।

तत्कालीन सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत संयोजक रहेको पुनःसंरचना समितिले सातै प्रदेशको राजधानी तोक्न विकल्पसहितको प्रस्ताव तयार पारेको थियो ।