चुनाव प्रचारका गाडीमा आगजनी

चुनाव प्रचारका गाडीमा आगजनी


संखुवासभा चैनपुरमा अज्ञात समूहले ल्याण्डरोभर गाडीमा आगजनी गरेका छन् ।

सोमबार बिहान २ बजे को १ ज २१२३ नम्बरको ल्याण्डरोबर गाडीमा आगजनी गरिएको डिएसपी सन्तोष खड्काले बताए । बसपार्क नजिकै पार्किङमा राखिएको चैनपुरका आशिष शाक्यको गाडी जलाइएको हो । गाडी कसले र किन जलाएको भन्ने पत्ता लागेको छैन ।

उक्त गाडी बाम गठबन्धनका उम्मेदवारहरुले चुनावी प्रचारप्रसारमा प्रयोग गर्दै आएको बताइएको छ । प्रहरीले आगो लगाउने समुहको खोजी तीब्र पारेको जनाएको छ । गाडी पूर्णरुपमा जलेपनि मानवीय क्षति भने भएको छैन । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएका छैनन् ।