नेपाली र भारतीय पहलमानबीच भिडन्त

नेपाली र भारतीय पहलमानबीच भिडन्त


रुपन्देही । भैरहवाको अञ्चलपुरमा जारी चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवमा भएका कुस्ती खेलमा भारतीय पहलमानमाथि नेपालका पहलमानहरु हावी भएका छन् । आइतबार पुरुष कुस्तीतर्फ गोरखपुरका अनिललाई नवलपरासी पिपरहवाका इन्द्रकेशले पराजित गरेका छन् । कानपुरका बजरंगीलाई नवलपरासीकै वैजनाथले जितेका छन् ।

यस्तै महाराजगंजका राजेशलाई नवलपरासी पिपरहियाकै इन्द्रकेशले हराएका छन् । लखनउका धर्मवीरलाई रुपन्देही सिलौटियाका धर्मेन्द्रले जितेका छन् । नेपाली र भारतीय पहलमानबीच भिडन्त भइरहंदा दर्शकले नेपाली पहलमानलाई नगद इनाम दिएर हौसला बढाउंथे । नेपाली पहलमानहरुले दर्शकबाट मनग्गे नगद इनाम बटुल्छन् । यस्तै भारत कानपुरका गुड्डु र भारत गाजीपुरकै सुनिलबीच भएको कुस्तीमा गुड्डु विजयी भए । कानपुरका बब्लुलाई लखनउका लखनउका रामकरनले जितेका छन् ।

तराईको दक्षिणी भेगमा निकै लोकप्रिय खेल कुस्ती शुरु भएसंगै खेलपे्रमी दर्शकको उल्लेख्य उपस्थिति रहेको मेला सचिवालयले जनाएको छ । उद्योग व्यापार संगठन रूपन्देहीले २०६६ सालमा पहिलोपटक भैरहवा मेलामा कुस्ती प्रतियोगिता भित्राएको संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारी बताउंछन् । ‘कुस्ती खेलको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले २०६६ सालदेखि हरेक मेलामा निरन्तरता दिएका छौं’–अध्यक्ष भण्डारीले भने । मंसिर ५ गतेसम्म चल्ने कुस्ती दंगल प्रतियोगितामा आज सोमबार एक दर्जन खेल हुने संयोजक प्रभु यादवले जानकारी दिए ।
– चन्द्रकान्त खनाल