ह्याण्डीक्राफ्ट मेलामा अवलोकनकर्ताको घुइँचो

ह्याण्डीक्राफ्ट मेलामा अवलोकनकर्ताको घुइँचो


मंसीर १ देखि भृकुटीमण्डपमा जारी पन्ध्रौं ह्याण्डिक्राफ्ट र तेह्रौं क्राफ्ट मेलामा अवलोकनकर्ताको घुइँचो लागेको छ । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका मूर्ति, भाँडा, गरगहना, गलैंचा, अचार र छाला, अल्लो, उनी लगायतका ह्यान्डमेड सामाग्री प्रदर्शन र विक्रीका लागि राखिएको आयोजकले जनाएका छन् ।

साना उद्योगलाई प्रवद्र्धन गर्नका लागि मेलाले पुलको काम गर्ने फेडेरेसन अफ ह्याण्डीक्राफ्ट एशोसिएसन अफ नेपालका कार्यकारी सदस्य मनमोहन सिंह मल्लले बताए ।

हस्तकला प्रदर्शनीमा नेपाल लगायत बंगलादेश, भुटान, पाकिस्तान र चीनका हस्तकला उत्पादकहरुले पनि भाग लिएको बताइएको छ । मेलामा अवलोकनकर्ताहरुको उत्सहाजनक सहभागिताले निकै उत्साहित बनाएकोछ ।

मेलामा हातबाट निर्मित पहिरन, घरेलु उपयोगका सामाग्रीहरु राखिएको मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय २ सय १० वटा स्टल रहेका छन् । मेला मंगलबारसम्म चल्नेछ ।