निर्वाचन भाँड्ने क्रियाकलापमा संलग्न जो कोहीलाई नछाडिने – प्रधानमन्त्री

निर्वाचन भाँड्ने क्रियाकलापमा संलग्न जो कोहीलाई नछाडिने – प्रधानमन्त्री


प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन भाड्ने क्रियाकलापमा संलग्नलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । आफ्नो निर्वाचन क्षेत्र डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवाले उम्मेदवार र चुनाव प्रचारप्रसारमा आक्रमण गर्ने जो कोहीलाई नछाडिने बताएका हुन् ।

केही दिनयता लगातार बम विष्फोटका घटना बढ्न थालेपछि प्रधानमन्त्री देउवाले आक्रमणको निन्दा गरेका छन् । आक्रमणकारीहरु निर्वाचन भाँड्न तल्लिन रहेको भन्दै उनले त्यस्ता गतिविधिमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याउन आफू प्रतिवद्ध रहेको स्पष्ट पारे । उनले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराखिने प्रतिवद्धता समेत प्रकट गरेका छन् ।

बम विष्फोट र आक्रमणले जनतामा निराशा छाएको भन्दै सरकार सुरक्षा दिन तयार रहेको बताएका छन् । प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न सुदुरपश्चिममा रहेका छन् ।