कम्युनिष्टबाट लोकतन्त्र र देशलाई बचाउँने काम कांग्रेसले गर्छ – नेता पौडेल

कम्युनिष्टबाट लोकतन्त्र र देशलाई बचाउँने काम कांग्रेसले गर्छ – नेता पौडेल


नेपाली काँग्रेसका वरिष्ठ नेता तथा तनहुँको क्षेत्र नं १ प्रतिनिधि सभाको प्रत्यक्षतर्फका उम्मेदवार रामचन्द्र पौडेलले कम्युनिष्टहरुबाट लोकतन्त्र र देशलाई बचाउन आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेसले मात्रै देश र लोकतन्त्रको बचाउ गर्न सक्ने भन्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

कांग्रेसलाई जनताको साथ आवश्यक रहेको बताउँदै नेता पौडेलले देशलाई कम्युनिष्टहरुले बन्धक बनाउने योजना बनाएको आरोप समेत लगाएका छन् ।

उनले कम्युनिष्टहरु मतदाताहरुलाई तर्साउनका लागि भौतिक आक्रमणमा समेत उत्रिएको आरोप लगाउँदै मुलुकमा अधिनायवादी साम्यवादी शासन ल्याएर ५० बर्ष शासन गर्ने कुराले संसदीय व्यवस्थाप्रति उनीहरुको निष्ठा सकिएको पनि उल्लेख गरे ।

तनहुँस्थित आँबु गाउँपालिकाकोको विभिन्न वडाहरुमा मतदाता भेटघाट तथा उम्मेदवार परिचय कार्यक्रमका अवसरमा नेता पौडेलले कांग्रेसले जनताको इच्छा अनुसार आवधिक निर्वाचनबाट जनादेश पाउने प्रतिनिधिमार्फत शासन चलाउने हालको व्यवस्थालाई स्थायीत्व दिन खोजेको तर कम्युनिष्टहरुले जनताका अधिकार खोसेर एकदलीय तानाशाही व्यवस्था लादेर सो पार्टीका नेताहरुको लहडमा शासन चलाउन खोजेको पनि स्पष्ट पारे ।