गएराती एम्बुलेन्ससँग स्कुटर ठोक्किँदा तीन जनाको मृत्यु

गएराती एम्बुलेन्ससँग स्कुटर ठोक्किँदा तीन जनाको मृत्यु


गएराती एम्बुलेन्ससँग ठोक्किँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको छ ।

१ च ७००९ नम्बरको एम्बुलेन्स र को २३ प ४६७ नम्बरको स्कुटर गएराती सुनसरीस्थित इटहरीको हलगडा चोकमा एकआपसमा ठोक्किएका हुन् ।

सवारी दुर्घटनामा परी मृत्यु हुनेहरुमा इटहरी– २ का डोकबहादुर कार्की, पाल्पा भैरवस्थान बस्ने निर्मल गौतम र सुनसरी भरौल स्थायी घर भएकी ४६ वर्षीया सरीता काफ्लेको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका उनिहरुको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।