नेता खाणले जनतालाई देखाएको यस्तो आश

नेता खाणले जनतालाई देखाएको यस्तो आश


नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले लोकतान्त्रिक गठबन्धनले दुई तिहाई सहित जित हात पारे पाँच वर्षभित्र सुकुम्बासी समस्याको समुल अन्त्य गर्ने दाबी गरेका छन् ।

लोकतान्त्रिक गठबन्धनले जित हात पारे त्यसपछि आफैले सरकार बनाउने र पाँच वर्षभित्रै सुकुम्बासीलाई जग्गाको लालपुर्जा उपलब्ध गराई घर बनाउनलाई समेत सुलभ रुपमा पैसाको प्रबन्ध मिलाउने रुपन्देहीमा आयोजित एक कार्यक्रबीच उनले बताए । ‘नेपाली कांग्रेसको गठबन्धनलाई बलियो बनाउनुहोस्, त्यसपछि कंँग्रेस गठबन्धनको सरकार बन्नेछ’, पूर्व मन्त्रीसमेत रहेका नेता खाणले भने– ‘पाँच वर्षभित्रै जग्गाको लालपुर्जा र घर बनाउनका लागि सुलभ रुपमा पैसाको समेत व्यबस्था गर्ने छौँ ।’

नेता खाणले एमाले माओवादीको साम्यवादी चिन्तन जनताको शक्तिकेन्द्रित गरेर आफूमा निहित बनाउने अभिष्ट पुरा हुन नसक्ने बताउँदै एमाले माओवादीको बाम गठबन्धनले मुलुकमा एक दलिय शासन सत्ता ल्याउन खोजेको आरोप लगाए । उनले कांग्रेसलाई सिध्याउने रणनीतिका साथ बाम गठबन्धन गरेका एमाले–माओवादी आफै सिद्धिने चेतावनी दिए ।
– चन्द्रकान्त खनाल