विकासको नयाँ अध्याय शुरु गर्ने प्रतिबद्धता

विकासको नयाँ अध्याय शुरु गर्ने प्रतिबद्धता


झापा क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेदवार विश्वप्रकाश शर्माले विकासका अनेकन सभ्भावना बोकेको झापा क्षेत्र नम्बर १ को दीगो विकासमा पहलकदमी गर्ने नेतृत्वको अभावका कारण सोचेअनुरुप विकास हुन नसकेको बताउनुभएको छ ।

निर्वाचन प्रचारप्रसारका लागि मतदाताका घरदैलोमा पुग्ने क्रममा उम्मेदवार शर्माले आगामी निर्वाचनपछि आफुले यो क्षेत्रअन्तगर्तका सम्पुर्ण कुरालाई समेटेर विकासको नयाँ अध्याय शुरु गर्ने बताए ।

सबै राजनीतिक दलका केही ठूला नेताहरूका कारण देशले अधोगति लिएको जिकीर गर्दै सबै दलका शीर्ष नेताले ‘म–म‘ भनेर सुध्रिएको खण्डमा राजनीति सुध्रिर्ने कुरामा विमति नभएको बताउँदै त्यसैले समाजमा भएका विविधतालाई गाँस्दै नेपाललाई समृद्धितर्फ लैजानुपर्नेमा शर्माको जोड थियो ।

शर्माका अनुसार चन्द्रगढी ज्यामिरगढी र दुवागढीलाई औद्योगिक क्षेत्र बनाउने, बाहुनडाँगी र शान्तिनगरलाई कृषि पर्यटन क्षेत्र, धाईजनलाई हेल्थ हब बनाउने, सिद्धिखोलाबाट विद्युत उत्पादन गर्ने र झापा क्षेत्र नं. १ लाई समेट्ने गरी रिङरोड बनाएर त्यसलाई रिङरोड नं. १ नामाकारण गर्ने समेत योजना मतदाता समक्ष राखेका छन् ।

शर्माले मुलुकको पुर्वी प्रवेशद्वार काकरभिट्टालाई बन्दमुक्त क्षेत्रको रुपमा विकास गर्ने समेत बताए । नेपालको बजेट बितरणको समय उचित नभएको भन्दै अब बजेट भाषणको समय असारमा नभएर चैतमा बनाउनु पर्नेमा जोड दिए । चैतमा बजेट भाषण गर्ने र वैशाखदेखि नयाँ आर्थिक वर्ष शुरु गर्नुपर्ने उनको तर्क थियो । काग्रेस उम्मेदवार शर्माले भने– ‘असार साउन भनेको वर्षातको समय हो । त्यो समयमा आर्थिक वर्षको शुरुवात गर्दा बजेट कार्यान्वयनमा जटिलता आइरहेकाले अब आर्थिक वर्ष बैशाखदेखि शुरु गर्नु पर्छ ।’

प्रदेशसभा ‘क’ का उम्मेदवार केशवराज पाण्डेले एकले अर्कालाई सिध्याउने खेलमा लाग्नु भन्दा राजनीति सहमति, एकतामार्फत देशको समृद्धितर्फ लाग्नुपर्ने बताए । मेचीनगरका विभिन्न वडाहरुमा भएको कोणसभा तथा घरदैलो कार्यक्रमअन्तर्गत सामानुपातिक उम्मेदवारद्वय तम्मर राई, गोपाल तामाङ लगायतले चुनावीसभालाई सम्बोधन गरेका थिए ।