प्रकाशका विवादित दिन : सगरमाथा चढ्नेदेखि बहुविवाह काण्डसम्म !

प्रकाशका विवादित दिन : सगरमाथा चढ्नेदेखि बहुविवाह काण्डसम्म !


आकस्मिक हृदयाघातबाट आज ३६ वर्षको उमेरमा संसार त्यागेका प्रचण्ड पुत्र प्रकाश दाहाल निकै विवादित पात्र हुन् ।

प्रचण्डका एक मात्र छोरा भएकाले पनि उनी निकै पुलपुलाईमा हुर्किए । प्रकाशका कतिपय क्रियाकलापले प्रचण्ड र उनको परिवारमा समेत बेलाबेलामा तनाव हुने गथ्यो ।

विवाद : सगरमाथा आरोहणका लागि पाँच वर्षअघि तत्कालीन सरकारले उनलाई २ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको थियो । सो निर्णयको चर्को आलोचना समेत भएको थियो ।

त्यसपछि प्रकाशले सरकारी रकम नलिने सामाजिक सञ्जालमार्फत घोषणा समेत गरे । त्यसपछि प्रकाश बहुविवाह केशमा समेत फसे ।

बहुविवाहलाई लिएर उनको चर्को आलोचना भयो । प्रकाशका दुई श्रीमती र दुई छोरा छन् अहिले । जिवनको कालखण्डमा कतिपय बेला विवादमा परेपनि प्रकाशले आफ्ना बुबा प्रचण्डका स्वकीय सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

उनले भूमिगतकालदेखि नै उनले आफ्ना बुबा प्रचण्डलाई सघाउँदै आएका थिए । आफूले बुबा र पार्टीलाई सहयोग गर्ने जिम्मेवारीका कारण पढ्न नपाएको प्रकाशले बताउने गर्थे ।

कम्प्युटरमा रुचि र जानकार भएकोले दिवंगत नेता पोष्टबहादुर बोगटीले बुबा प्रचण्डको सचिवालयको जिम्मा आफूलाई दिएको प्रकाशले बताउने गर्थे । यसरी प्रकाशको दिनचर्य बित्ने गथ्यो ।