प्रकाशकी पत्नी विना नर्भिक अस्पताल पुगिन्

प्रकाशकी पत्नी विना नर्भिक अस्पताल पुगिन्


कञ्चनपुरमा वाम गठबन्धनतर्फबाट चुनावी मैदनामा रहेकी विना मगर पति प्रकशको निधनपछि हतासिँदै नर्भिक अस्पताल आई पुगेकी छिन् ।

उनी हतारिदै पतिको अवस्था बुझ्न नर्भिकमा पुगेकी हुन् । विनाका पति प्रकाशको राति सुतेकै अवस्थामा निधन भएको थियो ।

प्रकाशका बाबु पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल झापाको चुनावी सभाबाट फर्किएका छन् । उनी केही बेरमा लाजिम्पाटबाट नर्भिक पुग्दैछन् ।

यता दिवंगत प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी हेडक्वार्टरमा राखिने भएको छ ।

माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार दाहालको शव अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको हेडक्वार्टर पेरिसडाडाँमा राखिने भएको हो ।