वल्र्ड युथ बक्सिङमा नेपाली खेलाडी भिड्दै

वल्र्ड युथ बक्सिङमा नेपाली खेलाडी भिड्दै


भारतको गुहाटीमा नोभेम्वर १९ देखि २६ सम्म सञ्चालन हुन गइरहेको युथ वुमन वल्र्ड बक्सिङ च्याम्पियनशिपको अफिसियल विथ ड्र अर्थात् खेल तालिका सार्वजनिक भएको छ ।

नेपालबाट सहभागी चार खेलाडीमध्ये उक्त आईबा युथ वल्र्ड च्याम्पियनशीपको प्रिलिमिनरी बाउटअन्तर्गत आज १९ तारिखमा पहिलो बाउट प्mलाई वेट ५१ के.जी. तौल समुहमा नेपालकी सन्जुमाया थिङले कोरिया कि किम चाईवानसंग प्रतिष्पर्धा गर्ने छन् ।

त्यसैगरी २० तारिखमा बाउट नं. १५ अन्तर्गत महिला फेदर वेट तौल समुहमा नेपालकी सिसम थापामगरले जर्मनीकी माउरमान एमिलीसंग सोहि दिन महिला लाईट प्mलाई तौल ४८ केजी तौल समुहमा नेपालकी अस्मिता दुआलले फ्रान्सकी डि आल्माईडा ग्लोरिया संग प्रतिस्पर्धा गर्ने पक्का भएको छ । त्यसैगरि पहिलो बाउटमा बाई पाएकी वेन्टम तौल समुह ५४ केजी तौलअन्तर्गत कुसुम तामाङले पर्सि २१ तारिखमा पोलेन्ड र उज्वेकिस्तानमध्ये विजयी खेलाडीसंग प्रतिष्पर्धा गर्ने छिन् ।

३१ देशका १ सय ६० आईवा रजिष्टर्ड खेलाडीहरुले प्रतिष्पर्धा गर्ने उक्त विश्व च्याम्पियनशिपबाट छनोट हुँदै उत्कृष्ट खेलाडीहरूले २०२० मा जापानमा हुने ओलम्पिक र चारवटा तौल समुहका खेलाडीहरूले सन २०१८ मा बुइनोस आइरेसको युथ ओलम्पिक गेमको लागि यात्रा तय गर्ने कुरा उक्त ७ सदस्य टोलीको नेतृत्व गरेका पुस्करराज पन्तले जानकारी गराएका छन् ।

नेपालको टिमको प्रशिक्षकमा आईबा स्टार कोच श्री किशोर कुमा लिम्बु र नेशनल कोच नवीन तण्डुकार रहेका छन् । सन् २०१२ मा भारतकै पहिलो ओलम्पिक छनोट हुने तथा पाँच पटक विश्व च्याम्पियन रहेकी भारतीय महिला बक्सिङ च्याम्पियन महिला बक्सिङ खेलाडी मेरी कोम उक्त बक्सिङ प्रतियोगिताकी ब्रान्ड एम्बेसडर रहेकी छिन् ।