केपी र प्रचण्ड विएण्डसी टिचिङ अस्पतालमा

केपी र प्रचण्ड विएण्डसी टिचिङ अस्पतालमा


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा गरिबी निवारण अभियानलाई द्रुत गतिमा अघि बढाउनु पर्ने बताएका छन् । झापाको विर्तामोडमा विएण्डसी टिचिङ अस्पतालद्वारा आयोजित पूर्वाञ्चलस्तरीय स्वास्थ्य महोत्सवको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

संयुक्त राष्ट्र संघको २०३० सम्ममा विश्वबाट गरिवी निवारण गर्ने लक्ष्यको नेपाल पक्ष राष्ट्र भएको उल्लेख गर्दै ओलीले अब बन्ने बामगठबन्धनको सरकारले ती कामहरू गर्ने दाबी गरे ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले मुलुकमा स्थिर बलियो सरकारको आवश्यकता रहेको बताए । उनले आफू प्रधानमन्त्री भएको बेला विएण्डसी हस्पिटललाई अध्ययन–अध्यापनको मान्यता दिन लागे पनि विकासविरोधीले रोकेको अभिव्यक्ति दिए ।