काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम आक्रमण

काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम आक्रमण


नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम आक्रमण भएको छ । तनहुँको भानु १० नेपाल डाँडामा पौडेललाई लक्षित गरी प्रेसर कुकुर वम प्रहार भएको हो ।

वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै थिए । करिब ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । बम प्रहारबाट गाडीको सिसा फुटेको छ । पौडेल भने सुरक्षित रहेको बुझिएको छ ।