मनाङमा सुरक्षा खोई सिडियो साव ?

मनाङमा सुरक्षा खोई सिडियो साव ?


आसन्न प्रतिनिधी तथा प्रदेश सभाको निर्बाचनले हिमाली जिल्ला मनाङमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । नेता तथा कार्यकर्ताहरु आ–आफ्ना चुनावी नारा लिएर मनाङका सबै गाउँपालिकाका वडाहरुमा घरदैलोमा उत्रिएका छन् । उनिहरु चुनावी आमसभादेखि मतदातासँग भेटघाट र मत माग्न ब्यस्त भएका छन् ।

शान्त जिल्ला र पर्यटकिय क्षेत्रको रुपमा लिइएको मनाङमा राजनैतिक कारणले गर्दा असुरक्षा बढेको महशुस जनतामा भएको छ । जनताहरु निर्बाचन कै कारण आत्तिएका छन् । उनिहरु भन्न सकिरहेका छैनन् की असुरक्षा भयो भनेर ।

निर्बाचनलाई लक्षित गरी मनाङमा सिन्धुपाल्चोक, काभ्रे, लमजुङ र काठमाडौंका नयाँ अनुहारहरु घुम्ने बहानामा मनाङ छिरेका छन् । युवाहरु प्रदेश (ख) का स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) लाई सहयोग गर्न मनाङ आइपुगेका छन् । तर यस्तो गम्भिर विषयमा मनाङ प्रशासन भने कानमा तेल होलेर बसेको छ । जिल्लामा बुथ क्याप्चर गर्ने योजना बनाएर युवाहरुलाई भाडामा ल्याइएको बुझिएको छ । आफूले अनेक उपाय अपनाएर भएपनि चुनाव जित्नुपर्छ भन्ने योजनामा रहेका मनाङेले जिल्लाका सबै गाउँहरुमा भाडाका युवाहरु परिचालन गरिसकेका छन् । तर यस विषयमा मनाङ प्रशासन किन चुप छ ?

सिडियो साव ? जिल्लामा शान्ति सुरक्षाको अवस्था निकै कमजोर भएको प्रमाणित यसरी भएको छ की सबैजसो गाउँहरुमा भाडाका युवाहरु प्रवेश गरेको, जवरजस्ती मत मागेको घटना र समाचार संप्रेषणका लागि कार्यक्रममा गएका पत्रकारमाथि दुब्र्यवहार भएको छ । यस्ता घटनाहरु घटिरहँदा के मनाङ प्रशासन रमिते बनेको हो ?

नेस्याङ गाउँपालिकाको मनाङ गाउँमा शान्तपूर्बक आफ्नो चुनावी नारा लगाएर प्रचार गरीरहेका नेपाली कांग्रेस मनाङका उम्मेदवार, नेता तथा कार्यकर्तासँग झडप गर्न खोज्ने एमाले कार्यकर्ताहरु र भाडामा ल्याएका युवाहरुलाई के गर्नुहुन्छ ?

२ पार्टीका उम्मेदवारदेखि कार्यकर्तासम्म एकै क्षेत्रमा चुनावको घरदैलो गर्न जाँदा झडपको अवस्था आउन सक्ला भनेर प्रशासनले किन सोचेन ? यो नै गम्भिर विषय बनेको छ । निर्बाचन कार्यलयले पनि यस्ता विषयमा ध्यान पु¥याउनुपर्ने भएपनि त्यसो भने हुन सकेन् । जिल्ला प्रहरी कार्यालय मनाङको एउटा युनिट हुम्डेमा भएपनि मनाङमा दलहरुले गरेको चुनावी अभियामना सुरक्षाको ब्यवस्था भने असाध्यै कमजोर थियो ।

एमाले र स्वतन्त्र उम्मेदवार मनाङेले भाडाका युवाहरु जम्मा पारेर मनाङ गाउँमा घरदैलो गरिरहेको थियो । त्यसैबेला कांग्रेसका चारसय जना नेता, कार्यकर्ता र मतदाताहरुको टोली पनि बिशाल ¥यालीका साथ मनाङ गाउँमा पुगेको थियो । कांग्रेसले आफू संयमित भएर कांग्रेसको नारा लगाइरहेको थियो । दुबै पार्टीका नेता तथा कार्यकर्ताहरु १० मिटरको दुरीमा थिए । एमालेहरुले कांग्रेस मुर्दावाद भनिरहँदा कांग्रेसका कार्यकर्ताहरु निकै संयमित भएर आफ्नो नारा लगाएर अघि बढिरहेका बेला दीपक मनाङेका युवा र मनाङ एमालेका युवाहरु कांग्रेसप्रति नै लक्षित भइरहेका थिए ।

मनाङमा आफूलाई दीपक मनाङेले बोलाएको भनेर बताउने केही युवाहरुलाई कांग्रेस उम्मेदवार एवं पूर्ब श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले भेटेर फर्काइदिएका छन् । गुरुङले निर्बाचनको बेलामा अप्रिय घटना हुन सक्ने भन्दै आफूले युवाहरुलाई फर्काइदिएको बताएका छन् ।

दुवै पार्टीको बिचमा भएका आधा दर्जन सशस्त्र प्रहरीले आचारसंहिता विपरित गालीगलौज गरिरहेका एमाले कार्यकर्तालाई रोक्न हम्मेहम्मे नै प¥यो । यसले के देखाउँछ भने मनाङमा निकै असुरक्षा बढेको छ । मनाङमा दुवै पार्टीको चुनावी प्रचार छ भन्ने कुरा सुरक्षा निकायलाई पक्कै पनि थाहा थियो होला । तर थाहा हुँदा हुँदै हुम्देको प्रहरी मनाङ गाउँमा देखिएन् । गोप्य स्रोतका अनुसार मनाङको प्रदेश (ख) मा प्रहरीहरुले नै उम्मेदवारको गाली खाएको बुभिएको छ । प्रहरी नै यसरी असुक्षित भएपछि मतदाता कसरी सुरक्षित होलान् ?

मनाङका प्रमुख निर्बाचन अधिकृत दीपक ढकालले सबै दलहरुले निर्बाचन आचासंहिता मान्नुपर्ने भन्दै कुनै दललाई गाली गर्न नपाइने बताएका छन् ।

प्रशासनका अनुसार जिल्लामा जनपथ प्रहरी २१८, सशस्त्र १३०, म्यादी १८८, नेपाली सेना १२० र रिजर्व फोर्स परिचालन गरेको जनाएको छ ।