रुपन्देही–११ क्वाटर फाइनलमा प्रवेश

रुपन्देही–११ क्वाटर फाइनलमा प्रवेश


झापाको शिवसताक्षीमा जारी दोस्रो सताक्षी गोल्डकपको शुक्रबार भएको खेलमा मोरङ–११ लाई हराउँदै रुपन्देही–११ क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

गणेशमान अध्ययन प्रतिष्ठानका खेल मैदानमा भएको खेलमा मोरङ्ग–११ लाई १ का विरुद्ध ३ गोलले पाखा लगाउँदै रुपन्देही–११ क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफको १५ औं मिनेटमा मनिष थापाको क्रस पासमा मोरङ्गका जर्सी नं. ११ का सुनिल थापाले सान्दार गोल गर्दै खेललाई अग्रता दिलाएका थिए ।

मोरङ्गका खेलाडी सुनिल थापाको सुन्दर प्रहारलाई रुपन्देहीका गोल किम्पर पन्च गरी बाहिर फ्याकेका थिए ।

दोस्रो हाफको ९ औं मिनेटमा रुपन्देही ११ का जर्सी नं. १३ का रुपेश केशीको पासलाई सदुपयोग गर्दै जर्सी नं. ७ का अवाले गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।

दोस्रो हाफको १५ औं मिनेटमा मोरङ्गका खेलाडी दिपक राईको फ्रि किक मोरङ्गका गोल किप्परले बचाउ गरेका थिए ।

दूवै पक्षबाट आक्रमक देखिएको खेलमा रुपन्देहीका खेलाडी अबाको पासलाई हेडिङ्ग गर्दै जर्सी नं. ११ का अमर डङ्गोल गोल गोल गर्न सफल भएका थिए ।

त्यसैगरी इन्जुरी समयमा रुपन्देही ११ का विजय धिमाले अर्को गोल गर्दै आफ्नो टिमको १ बिरुद्ध ३ गोल गर्दै जीत सुनिश्चित गरे ।

मोरङ्ग ११ले पाएको मौकालाई सदुपोग गर्न नसक्दा नराम्रो हार व्यहोर्नु प¥यो ।

खेलको म्यान अफ दी म्याच रुपन्देहीका खेलाडी अवा घोषित भए । उनले नगद १० हजार पुरस्कार प्राप्त गरे । शनिबारको खेल नेपाल आर्मी क्लब काठमाण्डौ र एपिफ काठमाण्डौ बीच हुने आयोजकले जनाएको छ ।

– रेजिना गौतम