मुगाबेको जिन्दगीका दश प्रमुख आरोह अवरोह

मुगाबेको जिन्दगीका दश प्रमुख आरोह अवरोह


आफ्नो सत्ता कसैले हल्लाउन नसक्ने दाबी गर्दै आएका जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे यतिबेला सत्ताबाट अपदस्त मात्र नभई घरमै नजरबन्दको अवस्थामा रहन विवश भएका छन् । त्यहाँको सेनाले रक्तविहीन कु गरेर शासन आफ्नो हातमा लिएको छ । मुगाबेका वरिपरि भ्रष्ट पात्रहरुले घेराफेरा गरेर मुलुकलाई ओह्रालो लगाएको आरोपसहित सेनाले यस्तो कदम चाल्नुपरेको जनाइएको छ । यसरी अपदस्त हुन पुगेका मुगाबेको जिन्दगीमा अहिलेसम्म दश मुख्य आरोह अवरोह भएका छन् । हेरौँ यी के-के रहेछन् ।

फेब्रुअरी २१, १९२४ मा मुगावेको जन्म सालिसबुरीको कुतामा मिसनमा बस्ने क्याथोलिक परिवारमा भएको हो ।

सन् १९६० मा विद्यार्थी र शिक्षकको रुपमा देश बाहिर क्रियाशिल भइरहेको बेला रहोमेसीआ फर्किएर उनी उपनिवेस विरुद्ध लड्नका लागि नेश्नल डेमोक्र्याटीक पार्टीमा आवद्ध भएका थिए। त्यो पार्टी सन् १९६१ मा प्रतिबन्धित भएपछि मुगावेले जोसुआ कोमोको जिम्बाव्बे अफ्रिकी पिपुल्स युनियनमा आवद्ध भए ।

सन् १९६४ देखि ७४ सम्म मुगाबे राष्ट्रबादी गतिविधिहरुका कारण हिरासतमा रहनु प¥यो । हिरासतमुक्त भएपछि भने उनले प्रतिबन्धित जेएएनयुुलाई नेतृत्व दिए । स्वेत शासक इआन स्मिथका विरुद्धमा संघर्ष सुरु गरे । सन् १९७२ देखि ७९ सम्ममा २७ हजार जनाको मृत्यु भयो ।

अप्रिल १८, १९८० मा १९६५ देखि एकपक्षीय रुपमा ब्रिटेनबाट स्वतन्त्र भएको घोषणा गरिएको रहोडेसीआलाई पूर्ण रुपमा स्वतन्त्र भएको घोषणा गरियो र जिम्बाबे नामाकरण गरियो । मुगाबे प्रधानमन्त्री बने भने अर्का नेता कोमो गृहमन्त्री भए ।

फेब्रुअरी १९८२ मा कोमोलाई मुगाबेविरुद्ध लागेको अरोपमा हटाइयो । त्यसको एक बर्षपछि भएको हिंसाका कारण २० हजार जनाको मृत्यु भयो ।
डिसेम्बर १९८७ मा मुगाबे संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपति बने।

त्यहाँ फेब्रुअरी २००० मा पनि संविधान पुनर्निर्माण भयो ।

मार्च २००८ मा विपक्षी नेता मोर्गान टीस्भाङीराईसँग मुगाबे पहिलो चरणमा राष्ट्रपति पदका लागि प्रतिश्पर्धा गरे । उनी फेरि निर्वाचित भए ।

डिसेम्बर २०१४ मा मुगाबेले आफुलाई सफल बनाउन सघाउनेहरुलाई बेवास्ता गरेर आफ्नो दोस्रो श्रीमती ग्रासलाई जेडएएनयु पीएफ पार्टीको अध्यक्षका रुपमा मनोनयन गरे ।

नोभेम्बर १५, २०१७ मा उनलाई सेनाले घरमै नजरबन्दमा राखेको छ ।