अन्तर्राष्ट्रिय मार्सल आर्टमा आइटीएफका चार खेलाडी

अन्तर्राष्ट्रिय मार्सल आर्टमा आइटीएफका चार खेलाडी


बेलारुसमा हुने सातौँ अन्तर्राष्ट्रिय मार्सल आर्ट गेम्समा नेपाली आइटिएफ तेक्वान्दो खेलाडीले सहभागिता जनाउने भएका छन् । नेपाल आइटिएफ तेक्वान्दो महासंघले हालै विज्ञेप्तीमार्पmत् नेपालका चार खेलाडीले अन्तर्राष्ट्रिय मार्सल गेम्समा प्रतिस्पर्धा गर्ने जनाएको हो ।

बेलारुसको मिनिस्क शहरमा आगामी २९ नोभेम्बरदेखि ४ डिसेम्बरसम्म उक्त गेम्स हुनेछ । गेम्समा महिलातर्फको ५५–६० केजीमा अन्जना सिवाकोटी तथा पुरुषको ६०–६५ केजीमा मनोज खड्का,विकल पौडेलले ५० देखि ५५ केजी र सिवप्रसादले ५५–६० केजी तौलसमूहमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्ने महासंघका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।

उक्त गेम्सका लागि टिम प्रमुखमा महासंघका अध्यक्ष अन्जन धमला, उपाध्यक्ष कल्पदीप राई कंगे्रस प्रतिनिधि र टिम प्रशिक्षकमा प्रकासकुमार कुसारी रहेका छन् ।