विभागीय प्रमुखलाई ‘काकताली’मा थोत्रो मारुती भ्यान !

विभागीय प्रमुखलाई ‘काकताली’मा थोत्रो मारुती भ्यान !



– श्रीविक्रम भण्डारी

राष्ट्रिय खेलकुद परिषदका विभागीय प्रमुखलाई पहिलो पटक गाडीको सुविधा प्राप्त भएको छ । अन्य विभागीय प्रमुखले यो सुविधा प्राप्त नगरेपनि बासुदेव आचार्य यो सुविधा पाउने पहिलो विभागिय प्रमुख बनेका छन ।

विभागीय प्रमुखलाई गाडिको सुविधा भए पनि राखेपले अहिलेसम्म सो सुविधावाट बन्चित गर्दै आएको छ । गाडीे सुविधाको साँटो मोटरसाइकल दिएर झारा टार्दै आएको थियो । विभागीय प्रमुख अहिलेसम्म मोटरसाइकलमै कार्यालय आउने र जाने गर्दै आएका छन् ।

यो पटक पनि राखेपले विभागीय प्रमुखलाई नयाँ गाडी किनेर दिएको होइन, उनलाई यो सुविधा कागतालीमा प्राप्त भएको हो । राखेपका कोषाध्यक्ष सुरेन्द्र हमाले आफ्नो पदबाट राजीनामा दिएपछि हमालले प्रयोग गर्दै आएको थोत्रो मारुती म्यान विभागीय प्रमुख आचार्यले चढ्न थालेका हुन् ।

थोत्रो मारुती भ्यान भए पनि राखेपले पहिलोपटक खेलकुदको इतिहासमा विभागीय प्रमुखलाई गाडी प्रदान गरेको छ । जस्ले खेलकुदमा नयाँ परम्पराको थालनी भएको छ । राखेपले प्रदान गरेको गाडी चढने आचार्य पहिलो विभागिय प्रमुख बनेका छन । यो खेलकुदका कर्मचारीका लागि ऐतिहासिक घटनाझैँ भएको छ ।

गाडीको सुविधा पाएपछि आचार्य पनि प्रसन्न देखिएका थिए । मोटर साइकलसमेत चलाउन नजान्ने आचार्यको लागि गाडिको सुविधा ‘के खोज्छस्… आँखा’ जस्तै भएको छ । अन्यथा मोटरसाइकलको सुविधा पाएपनि उनी आफुले सुविधामा पाएको मोटरसाईकलको पछाडि बसेर कार्यालय आउने–जाने गर्दथे । उक्त मोटरसाइकल परिषदकै कर्मचारीले चलाउँथे । उनलाई यो कार्यमा कानुन अधिकृत नारायणराज अर्यालले सहयोग गर्दै आएका थिए । यी दुवैजनाको घर एउटै ठाउँमा पर्छ ।