इक्वेस्ट्रियनमा संघको अध्यक्षमा राजकर्णिकार

इक्वेस्ट्रियनमा संघको अध्यक्षमा राजकर्णिकार


नेपाल इक्वेस्ट्रियन (घोड चढी) संघको हालै सम्पन्न दोश्रो साधारणसभाले रवि राजकर्णिकारको अध्यक्षतामा १२ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ । नेपाल एथलेटिक्स संघका पूर्व अध्यक्ष राजकर्णिकार अघिल्लो कार्यसमितिमा उपाध्यक्ष थिए ।

साधारणसभाले अघिल्लो कार्यसमितिका अध्यक्ष राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव एवं करातेका संस्थापक युवराज लामालाई मानार्थ अध्यक्षमा चयन गरेको छ ।

भिक्टर राणालाई उपाध्यक्ष, बलराम श्रेष्ठलाई महासचिव, ज्ञानेन्द्र श्रेष्ठलाई सचिव, रमेश मल्ललाई कोषाध्यक्ष र मोहम्मद फाजिललाई सह–कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।

त्यस्तै सन्तोष बुढाथोकी, लोकजंग लामा, महेश श्रेष्ठ, दिवस गुरागाईं, प्रेम मोक्तान र दावा तामाङ सदस्यमा चयन भए । साधारणसभाको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए ।