कर नतिर्ने २७ जनाको नाम सार्वजनिक, यस्तो छ सूची !

कर नतिर्ने २७ जनाको नाम सार्वजनिक, यस्तो छ सूची !


ठूला करदाताको कार्यालयले कर नतिर्ने २७ जनाको नाम सार्वजनिक गरेको छ । मूल्य अभिवृद्धि कर र आयकर नतिर्ने ठूला २७ व्यवसायिक फर्मलाई सार्वजनिक सूचना जारी गरेर कार्यालयले कर तिर्न आब्हान गरेको हो ।

बारम्बार पत्राचार र फोन सम्पर्क गर्दासमेत बक्यौंता तिर्न नआएपछि कार्यालयले कर तिर्न सार्वजनिक सूचना जारी गरेको एक अधिकारीले बताए ।

कार्यालयले सार्वजनिक सूचना जारी गरिएका फर्ममा सुधिर बस्नेत, संजय गोल्छादेखि प्रधानमन्त्रीका नातेदार प्रदीप शम्शेर जबरासमेत छन् ।

जग्गा व्यापारबाट उदाएका सुधिर बस्नेत जग्गाको मूल्य घटेपछि एकाएक व्यापार डुब्यो । जग्गाबाट कमाएको रकमले अग्नि एयर संचालन ल्याए । तर जग्गासँगै उनले अग्नि एयरसमेत गुमाए ।

जग्गाबाट डुबेका सुधिरले अग्नि एयरको आयकर अझै तिरेका छैनन् । एयरलाइन्स चलाएर डुबेका निकोन एयरका दीपमणि राजभण्डारीले समेत आयकर तिरेका छैनन् । न्यू नियोटेरिक नेपालले पनि आयकर तिर्न बाँकी छ ।

गोल्छा समूहका नियोटेरिकका संचालक संजय गोल्छा हुन् । यो कम्पनीले ब्राण्डेड कम्प्युटर बिक्री गर्दै आएको छ । प्रधानमन्त्रीका नातेदार प्रदीपले नाकाबन्दीको समयमा भारतबाट हवाई इन्धन ल्याएका थिए ।

यस्तो छ सूची…