भक्तपुर तेक्वान्दोमा द्वारिकानाथ निर्विरोध

भक्तपुर तेक्वान्दोमा द्वारिकानाथ निर्विरोध


राष्ट्रिय तेक्वान्दो संघ–नेपाल, जिल्ला कार्यसमिति भक्तपुरको दोश्रो जिल्ला अधिवेसन सम्पन्न भएको छ । भक्तपुर सूर्यविनायकको थापा पार्टी प्यालेसमा कार्तिक २९ गते सम्पन्न अधिवेसनले द्वारिकानाथ खयरगोलीलाई निर्विरोध अध्यक्षमा चयन गरेको छ । खयरगोली यसअघि पनि भक्तपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष थिए । उक्त अधिवेशन राष्ट्रिय खेलकुद परिषदका वरिष्ट तेक्वान्दो प्रशिक्षक तथा राष्ट्रिय तेक्वान्दो संघका उपाध्यक्ष ध्रुबवहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

नवनिर्वाचित राष्ट्रिय तेक्वान्दो संघ भक्तपुर जिल्ला १३ सदस्यीय कार्यसमितिको उपाध्यक्षद्वयमा पाल्देन लामा, राजेश कुसी, सचिवमा रविन सितिखु र कोषाध्यक्षमा प्रेमकुमार लामा चयन भएका छन । त्यस्तै सदस्यहरुमा रामशरण लागे, पन्चे लामा, उमेश थापा मगर, प्रेरणा लामा, श्याम ख्याजु, प्रकाश लामिछाने, दावा दोर्जे योन्जन र नारायण शिल्पकार रहेका छन् ।

उक्त अधिवेशनमा विशेष अतिथिको रुपमा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिलीप केसी, अतिथि राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्की, सचिव राकेश कुमार राई, ३ नम्वर प्रदेशका संयोजक तथा केन्द्रीय सदस्य सनिस लगेजु र निर्मणी केसीको उपस्थिति रहेको थियो । अधिवेशनको सभापतित्व समितिका अध्यक्ष द्वारिकानाथ खयरगोलीले गरेका थिए ।

हरिभक्त योजुगुले स्वागत गरेको उक्त अधिवेशनमा सनिस लगेजु, राजकुमार कार्की, दिलिप केसी र ध्रुब गुरुङले बधाई तथा शुभकामना मन्त्यव्य प्रकट गरेका थिए ।