ग्लोबल आइएमई बैंकले सुरु गऱ्यो अनलाईन खाता

ग्लोबल आइएमई बैंकले सुरु गऱ्यो अनलाईन खाता


विज्ञान प्रविधिका नयाँ–नयाँ आयाम भित्र्याउने क्रममा ग्लोबल आइएमई बैंक लि.ले अनलाइनमार्फत खाता खोल्ने व्यवस्था मिलाएको छ । विशेषगरि विदेशमा बस्ने नेपालीलाई खाता खोल्न सहज होस् भन्ने उद्देश्यले बैंकले अनलाईन खाता खोल्ने व्यवस्था मिलाएको बताइएको छ ।

सबैंका लागि बैंक भन्ने मुल नाराका साथ स्थापना भएका उक्त बैंकले यो व्यवस्थाअन्तर्गत अनलाईनमार्फत जुनसुकै समयमा आफुले चाहेको शाखामा खाता खोल्न सकिने जनाएको छ । त्यस्तै, विदेशमा बस्ने नेपालीले अनलाईनमार्फत खाता खोलि इमेलमार्फत खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने उक्त खाता मार्फत सजिल्यैसंग रेमिट्यान्स नेपालमा पठाउन सकिने छ । यो सेवा प्रयोग गर्नका लागि बैंकको वेबसाइट www.globalimebank.com मा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सकिने जनाइएको छ ।

‘आइएमई पे’ मार्फत विद्युत् महसुल भुक्तानी
विद्युत् महसुल वापतको रकम अबदेखि ‘आर्ईएमई पे’ बाट भुक्तान गर्न सकिने भएको छ । देश–विदेशमा रहनुहुने सबैले यस्तो सेवामार्फत विद्युत् महसुल भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

नेपाल विद्युत प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा आरम्भ गरेपछि यस्तो सेवा शुरु गर्न थालिएको हो । यसले आम सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गरेको छ भने सेवाग्राहीहरूको समय पनि बचत गर्ने आइएमईले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले अहिले उपत्यकाभित्रका सबै शाखाको महसुल संकलन अनलाइन पद्वतिबाट गर्न सुरु गरिसकेको छ । प्राधिकरणका कर्मचारीहरुले मिटर रिडिङ गर्दा उपलब्ध गराएको बिलका आधारमा आफुलाई पायक पर्ने आईएमई एजेण्ट आउटलेटमार्फत नेपाल विद्युत प्राधिकरणको अनलाइन बिल भुक्तान सेवा लिन सकिन्छ भने आईएमई पे डाउनलोड गरेका सेवाग्राहीले यस्तो सेवा आफ्नै मोबाइलबाट सजिलै लिन सकिने व्यवस्था मिलाइएको बताइएको छ ।