अवकाशको मुखैमा वैरो महानिर्देशक अख्तियारको हिरासतमा

अवकाशको मुखैमा वैरो महानिर्देशक अख्तियारको हिरासतमा


अवकाशको मुखैमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा परेका छन् ।

उनलाई नियन्त्रणमा लिनुको कारणबारे अख्तियारले केही नखुलाएपनि ‘घुसकाण्ड’ का कारण उनलाई अख्तियारले नियन्त्रणमा लिइएको समाचार स्रोत बताउछ ।

आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित हिजो मात्रै पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए ।

उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि त्यसमा मिलेमतो हुनसक्ने भन्दै अख्तियारले छानविनका लागि हिरासतमा लिएको समाचार स्रोत बताउछ ।

पाण्डे हप्तादिनभित्रै अवकास लिने तयारीमा थिए । उता, उनलाई विभाग मातहतका कर्मचारीहरुले फसाएको चर्चा पनि विभागमा चलेको छ ।