तपाईंको यो साता

तपाईंको यो साता


मेष
कार्यमा सफलता पाइएला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । बैदेशिक लगानीको लागि विदेश यात्राको योग छ । कला,साहित्यमा रुचि बढ्नेछ । परिवारको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग रातो हो ।

वृष
अचानक स्वास्थ्यमा समस्या आउनेछ । साझेदारी काममा उल्झन आउनेछ । झुटा आरोप लाग्न सक्छ । सरकारी निकाएको भय रहला । साताको अन्त्य बाट प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,६ र शुभरङ्ग पहेंलो हो ।

मिथुन
राजनैतिक कार्यमा सफलता मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । वाहान सुख मिल्नेछ । रविवार बाट गरेका काममा पनि ढिलासुस्ती हुने देखिन्छ । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्म्मीजीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ५,८ र शुभरङ्ग गुलाबीे हो ।

कर्कट
कार्य सम्पादनमा सहजता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दैनिक कार्यमा प्रगती हुनेछ । आम्दानीका साथै कामको दायित्व पनि बढ्न सक्छ । भौतिक साधन जुटाउने समय छ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुने पर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग सेतो वा हरियो हो ।

सिंह
अरुको मन जित्न सकिनेछ । कार्यमा सफलता, उपहार पाइने सम्भावना । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । बैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । साताको अन्त्य बाट आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । राजनैतिक कार्यमा बाधा आउनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग घिउरङ्ग हो ।

कन्या
आर्थिक कारोवारमा मन्दी आउनेछ । व्यस्तता बढ्नेछ । मन विचलित रहला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । रविवार बाट रमणीय र सुखद यात्राको योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ । ठुला व्यक्तिले तपाईँको मेहनतको प्रसंसा गर्नेछन् । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नले सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग कालो हो ।

तुला
शुभ समाचार सुन्न पाइएला । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । शुभकार्यको चर्चा चल्नेछ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान जुटाउन सकिनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कुनै शुभकर्म गर्नु पूर्व महामृत्युञ्जय भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग नीलो हो ।

वृश्चिक
नयाँ कार्यको योजना बन्नेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । राज्य बाट मान सम्मान पाइनेछ । साताको अन्त्य बाटव्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । कुनै शुभकर्म गर्नु अघि गणेशजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ५,६ र शुभरङ्ग रातो वा हरियो हो ।

धनु
प्रेममा विवाद आउला । आर्थिक कारोवारमा मन्दी आउनेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । शुक्रवार बाट नयाँ कामको थालनी हुनेछ । राज्य बाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ७,८ र शुभरङ्ग पहेंलो वा कलेजी हो ।

मकर
छोटो दुरीको लाभदायक यात्रा हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । वैदेशिक यात्राको योगछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । पार्टनरमा सफलता मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग सेतो वा पहेंलो हो ।

कुम्भ
अनावश्यक यात्रा हुनेछ । अरुको भरपर्दा धोकामा परिने हानी हुने र विश्वास गुम्नेछ । सरकारी निकाएको भय रहला । सहकर्मी बाट विरोध आउला । रविवार बाट कार्य सम्पादनमा सहजता मिल्नेछ । राजनीति अधिकारमा सफलता मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग रातो हो ।

मीन
न्यायिक कार्यमा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । साताको अन्त्यमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । शुभकर्म गर्नु पूर्व महालक्ष्मीको दर्शनगरी यात्रा गर्दा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग घिउरङ्ग हो ।